२०८३ साउन ९ शनिबार

मस्र्याङ्दी गाउँपालिकाको बजेट ३८ करोड ४२ लाख

ई आर्थिक    मंगलबार, असार २७ २०७४
4.3K
Shares
मस्र्याङ्दी गाउँपालिकाको बजेट ३८ करोड ४२ लाख

२७ असार, बेँसीशहर (लमजुङ)। मस्र्याङ्दी गाउँपालिकाको सोमबार सम्पन्न पहिलो गाउँ सभाले गाउँ सभाबाट आगामी आर्थिक वर्ष २०७४÷७५ का लागि रु ३८ करोड ४२ लाखको बजेटसहितको नीति तथा कार्यक्रम पारित गरेको छ ।

गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले गाउँ सभामा प्रस्तुत गर्नुभएको उक्त बजेटमा गाउँपालिका वित्तीय समनीकरण अनुदानतर्फ रु १७ करोड ५७ लाख ३८ हजार, सशर्त अनुदानमा रु ११ करोड ८४ लाख चार हजार, प्रदेश सरकारबाट प्राप्त हुने वित्तीय समनीकरण अनुदान रु १८ लाख १२ हजार र आन्तरिक आयतर्फ कर, सेवा शुल्क र दस्तुरसमेतबाट रु १५ लाख उल्लेख छ ।

यस्तै सामाजिक सुरक्षा भत्तातर्फ रु सात करोड ९० लाख ३२ हजार, रजिष्ट्रेशन शुल्क बाँडफाँडबाट रु १० लाख, राजस्व बाँडफाँडबाट प्राप्त रु २० लाख आय अनुमान गरिएको छ ।

गाउँ सभाबाट चालू खर्चतर्फ गाउँपालिका वित्तीय समनीकरण अनुदानतर्फ रु चार करोड ७६ लाख, आन्तरिक आयबाट रु २० लाख, सामाजिक सुरक्षा भत्तातर्फ रु सात करोड ९० लाख ३२ हजार र सशर्त अनुदानतर्फ रु १० करोड चार लाख ७० हजार व्यय अनुमान गरिएको छ ।

यसैगरी पूँजीगत खर्चतर्फ गाउँपालिका वित्तीय समनीकरण अनुदानतर्फ रु १३ करोड ४७ लाख ५० हजार, आन्तरिक आयबाट रु २५ लाख र सशर्त अनुदानतर्फ रु एक करोड ७९ लाख ३४ हजार अनुमान गरिएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij