२०८३ साउन ९ शनिबार

विषालु रक्सीका कारण भारतमा १२ जनाको मृत्यु

ई आर्थिक    मंगलबार, असार २७ २०७४
4.2K
Shares
विषालु रक्सीका कारण भारतमा १२ जनाको मृत्यु

२७ असार, लखनउ (भारत)। भारतको उत्तर प्रदेशमा घरमा बनाइएको विषादी रक्सी सेवन गरेका १२ जनाको सोमबार मृत्यु भएको छ । भारतीय मदिरा प्रयोगकर्ताहरुको यो पछिल्लो अवैध मदिरा कारोबार हो ।

उत्तर प्रदेशको प्रहरीले गत बिहीबार अवैध र विषाक्त मदिरा सेवा गरेकाहरु पेट दुखेर आत्तिएको जानकारी दिएको छ ।

“बिषालु तरल पदार्थ सेवा गरेपछि १२ जनाको मृत्यु भएको छ,” अजाम्गार्ह जिल्लाका प्रहरी प्रमुख अजय कुमार साहनीले भन्नुभयो ।

विषाक्त र अवैध मदिरा पदार्थ उत्पादनमा संलग्न भएको आभियोगमा २१ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । विषाक्त रक्सी सेवन गरेका अरु चार जनाको अहिले पनि अस्पतालमा उपचार भईरहेको छ ।

अधिकारीहरुले राज्यका विछडीएका ३० ओटा ठाउँमा अनुगमन गरेर अवैध रुपमा विक्रिवितरण गर्न लागिएको ११ सय लिटर मदिरा र १० हजार लिटर अवैध रुपमा घरमै बनाइएको मदिरा नष्ट गरेको प्रेस ट्रष्ट अफ इण्डीयाले जनाएको छ ।

उत्तर प्रदेशका मुख्य मन्त्री योगी आदित्यले तीन जना प्रहरी अधिकारी सहित आठ जना जिल्लास्तरीय सरकारी अधिकारीहरुलाई निलम्वन गर्नुभएको छ । उनीहरुलाई आफ्नो जिम्मेबारीप्रति बेवास्ता गरेको दोष लगाइएको पिडिआईले लेखेको छ ।

यस्ताखाले मदिराजन्य पदार्थ भारतमा निकै धेरै प्रयोग गरिन्छ । अवैध मदिरा बोतलमा पनि पाइने गरेको छ । त्यसैले मृत्युका घटनाहरु बेला बेलामा हुने गरेको छ ।

सन् २०१५ मा मुम्बइमा मात्र एक सय जना भन्दा बढीको विषालु मदिरा सेवनकै कारण मृत्यु भएको थियो । भारतमा बार्षिक ५ अरव लिटर रक्सी खपत हुनेगरेको पाईएको छ । रासस/एएफपी

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij