२०८३ साउन ११ सोमबार

आफ्नो बैंकको खातामा पैसा जम्मा गर्न अब झनै सजिलो, जुनसुकै बैंकबाट पनि जम्मा गर्न मिल्ने

ई आर्थिक    सोमबार, असार २६ २०७४
8.1K
Shares
आफ्नो बैंकको खातामा पैसा जम्मा गर्न अब झनै सजिलो, जुनसुकै बैंकबाट पनि जम्मा गर्न मिल्ने

२६ असार, काठमाडौं । अबदेखि सर्वसाधारणले जुनसुकै बैंक र वित्तीय संस्थामा गएर आफ्नो खातामा पैसा जम्मा गर्न सक्ने व्यवस्था राष्ट्र बैंकले मिलाउने भएको छ ।

बैंकले आइतबार सार्वजनिक गरेको मौद्रिक नीतिमा सर्वसाधारणले रकम जम्मा गर्न नगद बोकी आफ्नो खाता भएको बैंकसम्म जाँदा कारोबार लागत र जोखिम दुवै बढ्ने सम्भावना भएकाले बैंकिङ कारोबारलाई थप सहज बनाउन यस्तो व्यवस्था ल्याउने जनाएको हो ।

यस्तो व्यवस्था लागू भएपछि आम निक्षेपकर्तालाई आफ्नो खातामा रकम जम्मा गर्न खाता भएकै बैंकमा पुग्नुपर्ने वाध्यता हट्नेछ । अन्य बैंक तथा वित्तीय संस्थाबाट पनि आफ्नो बैंकको खातामा पैसा जम्मा गर्न सकिनेछ ।

सर्वसाधारणलाई आफ्नो पायक पर्ने जुनसुकै बैंक तथा वित्तीय संस्थामा पैसा जम्मा गर्न सक्ने बाटो खुला हुनेछ । नगद बोकेर हिँड्दा हुने जोखिम पनि न्यूनीकरण हुनेछ । यस व्यवस्थाबाट विशेषगरी वित्तीय पहुँच कम भएका ग्रामीण क्षेत्रका जनता बढी लाभान्वित हुन सक्ने बैंकको विश्वास छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij