२०८३ साउन ९ शनिबार

इजरायलको वेस्ट बैंकमा नयाँ बस्ती बसाल्ने योजना

ई आर्थिक    आइतबार, असार २५ २०७४
5.5K
Shares
इजरायलको वेस्ट बैंकमा नयाँ बस्ती बसाल्ने योजना

२५ असार, जेरुसेलम । इजरायलले वेस्ट बैंकमा नयाँ बस्ती बसालिने जनाएको छ । प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले वेस्ट बैंकमा नयाँ बस्ती बसाल्ने योजना रहेको बताउनुभएको हो ।

उहाँले सो कार्यका लागि दुई दशकपछि बाटो खुलेको जानकारी पनि शनिबार दिनुभयो । करिब छ महिनाअघि इजसरायली सर्वोच्च अदालतको निर्णय बमोजिम भत्काइएको एमोना क्षेत्रमा नयाँ बस्ती बसालिने भएको हो ।

उक्त क्षेत्रमा नयाँ बस्ती बसाल्ने योजना रहेको प्रधानमन्त्री नेतन्याहुले बताउनुभएको हो ।

प्रधानमन्त्री नेतन्याहुले करिब दुई दशकदेखि रोकिँदै आएको नयाँ बस्ती निर्माणलाई अघि बढाउने योजना सार्वजनिक गर्नुभएकोे हो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि इजरायलको नयाँ बस्ती बसाउने योजनामा सहानुभूति राख्ने बताउनुभएको थियो । यसमा उहाँको समर्थन रहेको पनि इजरायलले जानकारी दिएको थियो ।

प्यालेस्टाइनले भने बस्ती बसाल्ने कुराको विरोध गरेको छ । उसले वेस्ट बैंकलाई सन् १९६७ मा इजरायलद्वारा कब्जामा लिइएको भविष्यको राज्य भनेको थियो ।

तर पनि यसमा पूर्वराष्ट्रपति बाराक ओबामा प्रशासनकोे भने सहयोग रहँदै आएको थियो । रासस÷एपी

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij