हृदयनारायण चौधरी
सञ्चालक, अष्टाड्ड आयुर्वेद हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा. लि.
प्राचिन चिकित्सा पद्वती आयुर्बेदमा मान्छेको मोह बड्दै गएको छ । यस बिधीबाट बिभिन्न कठिन रोगको सफल उपचार गरिदै आएको पाईन्छ । बिभिन्न प्रकारका पुराना रोगको सफल उपचार गरिने भएकाले पनि यसमा मोह बडेको हो । तर राज्यको लगानी, उपचार र प्रशो धन बिधि तथा प्रचार प्रसार नहुँदा आधुनिक चिकित्सा पद्धतिले आयुर्बेद चिकित्सा पद्धतिलाई ओ झे लमा पारेको छ । तर पछिल्लो समयमा भने निजीक्षेत्रका लगानीमा र नागरि कहरुको विश्वास आयुर्बेद चिकित्सा पद्धतितर्फ बढ्दै गएको छ ।
दे श विदे शका बिभिन्न अस्पातलहरुमा उपचार गर्दा समेत निको नभएका रोगबाट है रान भएका बिरामीहरुमा अहिले अष्टाड्ड आयुर्बेद उपचार केन्द्र नचिन्ने कमै छन् । स्वस्थ व्यक्तिको स्वास्थ्यलाई बचाई राख्न र रोगी व्यक्तिको रोग निवारण गर्ने कार्यमा आयुर्बेद उपचार पद्दतीले ठूलो भूमिका खेलिरहेको अष्टाङ्ग आयुर्बेदमा बिरामीको ओ इरो लाग्ने गरेको छ । बिरामीहरुकै पहलमा अष्टाङ्गले भर्खरै मात्र कलंकीमा आयुर्वेद पद्दतीबाट रोगको उपचार गरिने आयुर्वेद हस्पिटल ‘अष्टाङ्ग आयुर्वेद हस्पिटल’ सञ्चालनमा ल्याएको छ । पछिलो समयमा आयुर्वे्दिक उपचार दोस्रो बिकल्प बन्दै गएकोमा अष्टाङ्गले समयअनुरुप आफ्नो सेवा प्रभावकारी बनाउन र मागलाई पुरा गर्ने हस्पिटल सञ्चालनमा ल्याएको अष्टाङ्ग आयुर्वेद हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालिका सञ्चालक हृदयनारायण चौधरी बताउनुहुन्छ । यसै विच अष्टाङ्ग आयुर्वेद हस्पिटलका सेवा सुविधाहरुका बारेमा केन्द्रीत रही तिर्सना गिरीले www.eaarthik.com कालागी सञ्चालक चौधरीसँग गरेको कुराकानी यहाँ प्रस्तुत गरिएको छ ।
आयुर्वेद क्षेत्रमा यहाँको प्रवेश कसरी भयो ? यो क्षेत्रमा लागेर सेवा दिएको कति भयो ?
मेरो जन्म उदयपुर जिल्लाको एउटा सानो गाउँ भिमामा भएको हो । म गाउँको धुलोमा जन्मिएर, कुलोमा नुहाएर गाउँघरकै औषधीमुलो खाएर हुर्केको मान्छे हुँ । जान्ने बुझ्ने हुँदा रुघा खोकी लाग्दा, साधारण खालको ज्वरो आउँदा मेरो बुबाले तुलसीको पात, अदुवा, मरिच मिसाएर पकाएर खुवानुहुन्थ्यो । त्यसैले म निको पनि हुन्थे र तंग्रिन्थे पनि । ज्वरो आउँदा चिराइतो, गुर्जो, नीम लगायतका जडिबुटी कुटेर खुवाउनु हुन्थ्यो । त्यसैले ज्वरो चट् पनि हुन्थ्यो । अहिलेको जस्तो सिटामोल, निको, बु्रफिन त्यो बेला त्यति सहज थिएन । मेरा गाउँ भिमा स्थानीय जंगलको आसपासमा पनि पर्छ । त्यहाँको जडिबुढिको उपयोगिता र महत्व मैले राम्ररी बुझेको थिए । यसको महत्व दर्शाउने कार्यमा भने मेरो बुबालगायत अघिल्लो पुस्ताले बाटो देखाएको हो । मैले भन्नै पर्दा बुबाको प्रेरणाले यो क्षेत्रमा प्रवेश गरेको हुँ ।
यो क्षेत्रमा लागेको अहिले डेढ दशक पनि वितिसक्यो । आँफैले केही सुरु गरौ भनेर चाँही निजी रुपमा २०७२ सालमा अष्टाङ्ग आयुर्वेद उपचार केन्द्र सञ्चालनमा ल्याए । यो उपचार केन्द्रको मुल उद्देश्य स्वस्थ व्यक्तिको स्वास्थ्यको रक्षा गर्नु र रोगी व्यक्तिको रोग निवारण गर्नु हो । छोटो समयमै अष्टाङ्गले विश्वस्नियताको शिखर चुम्यो । बिरामी कै मागलाई ध्यानमा राखेर अहिले कलंकीमा अष्टाङ्ग आयुर्बेद हस्पिटल स्थापना भएको छ ।

अष्टाङ्ग आयुर्वेद हस्पिटल स्थापना गर्नुको उद्देश्य चाँही के हो ?
अष्टाङ्ग आयुर्वेद उपचार केन्द्रबाट सेवा विस्तार गर्दै गर्दा यसको शाखाहरु पनि खोल्दै जाने योजना थियो । अहिले आएर अष्टाङ्गकै सेवा लिसक्नु भएका सेवाग्राहीहरुबाट अब आयुर्वेद हस्पिटल पनि खोल्नु पर्छ भन्ने थुप्रै सुझाब, बिचार र मागहरु आए । बिरामी भर्ना गरेरै उपचार गर्दा अझै बिरामीलाई सहज हुन्छ भन्ने जस्तो सुझाव आएकै कारण अष्टाङ्ग आयुर्वेद हस्पिटल खोलेका हौ । टाढा–टाढाबाट आउने हाम्रा सेवाग्राहीलाई थप सुविधा पुग्ने विश्वास लिएका छौं ।
हस्पिटलका सेवाहरु के–के छन् ? यहाँवाट हाल कति र कस्ता रोगहरुको उपचार गर्न सकिन्छ ?
पहिले अष्टाङ्ग आयुर्बेद उपचार र फार्मेसीसँग सम्बन्धित मात्रै केन्द्रित थियो । अहिले हस्पिटलमा आयुर्वेदद्वारा गरिने सम्पूर्ण उपचार सँगै ल्याब, इसिजी, एक्सरे, भिडियो एक्सरे, पञ्चकर्म (स्नेहन, स्वेधन, शिरोधारा, स्टिम, बस्तिकर्म, नश्य, बमन, बिर्यचन), अकुपञ्चर, अकुप्रेसर, फिजियोथेरापी लगायतका सेवाहरु उपलब्ध हुनेछन् । त्यसैगरी पायल्स, फिस्टुलाको आयुर्बे्दिक पद्दतीद्वारा विशेष उपचार, छार सुत्र कर्म जस्ता उपचार पनि यसले गर्दछ ।
हाल हस्पिटलमा दश वटा शैया छ भने योगा हल, थेरापी हललगायतका सम्पूर्ण सुबिधा रहेका छन् । बिरामीको सुविधाका लागी वेटिङ रूमको ब्यवस्था छ, । आयुर्बेद फार्मेसी र स्वास्थबद्र्धक खानाका लागी क्यान्टिनको पनि सुविधा हस्पिटलबाटै उपलब्ध गराउने व्यवस्था रहेको छ ।
अष्टाङ्ग आयुर्वेद हस्पिटलको फरक विशेषता के हो ?
यो सेवामूलक व्यवसाय पनि भएकाले अष्टाङ्गले सेवाभावले नै आफ्ना सेवाग्राहीलाई सेवा उपलब्ध गराउँदै आएको छौं । समय–समयमा निशुल्क स्वास्थ्य शिविर पनि सञ्चालन गर्ने गरेका छौ । अष्टाङ्ग आयुर्बेदको चतुस्पात भनेको असल चिकित्सक, असल विरामी, असल परिचारिका र असल औषधी हुन । हाम्रो यस केन्द्रमा आयुर्बेदको चतुस्पात मन्त्र प्रयोग गरेर उपचार हुने हुँदा अन्य भन्दा हाम्रो उपचार केन्द्रका सेवामा निश्चितरुपमा केही फरक पाउन सकिन्छ ।
यस किसिमको आयुर्वेद अस्पताल खोल्न कत्तिको समस्याहरु झेल्नु प¥यो ? अस्पातालमा जम्मा लगानी कति रहेको छ ?
राज्यले आयुर्वेद उपचारलाई उपचार नै नठानको अवस्था छ । पहिले हामीले उपचार केन्द्र खोल्यौ जसको लागत १५ लाख रुपैयाँ थियो । तर त्यहाँबाट हस्पिटलले दिने सेवा जस्तो सम्पूर्ण सेवा दिन नसकिन्दो रहेछ । बिरामीको माग बढी आउने तर त्यसलाई पुरा गर्न नसकेकै कारण पनि हामीले यहाँ आयुर्वेद हस्पिटल खोलेका हौ । अहिलेसम्म यस् हस्पिटलमा एक करोड भन्दा बढी लगानी भइसकेको छ ।

यो अस्पातालबाट कती जना विशेषज्ञ डाक्टरहरुले सेवा प्रदान गर्नुहुन्छ ?
यो अस्पतालमा हाल ४ जना बरिष्ट विशेषज्ञ डाक्टरहरुले सेवा प्रदान गर्नुहुन्छ । त्यसैगरी फिजियो थेरापीष्ट, अकुपञ्चरिस्टलगायत अन्य डाक्टरहरु पनि हुनुहुन्छ । यो अस्पतालमा हाल १७ जना कर्मचारीहरुले सेवा प्रदान गरि राख्नु भएको छ । आवश्यकता अनुसार विशेषज्ञ डाक्टर तथा अन्य प्रकृतिका कर्मचारीहरु थपि सेवाग्राहीलाई विशिष्ट र प्रभावकारी सेवा प्रदान गरिनेछ ।
अष्टाङ्गले हालसम्म कति र कस्ता विरामीहरुको सफल उपचार गरिसकेको छ ?
गुणस्तरीय तथा प्रभावकारी सेवा दिनु नै हाम्रो मुख्य उद्देश्य हो । छोटो समय अवधिमा दश हजार भन्दा बढीले हाम्रो केन्द्रबाट मात्रै सेवा लिइसकेका छन् । विशेषगरी मलद्वारको समस्याहरु, दुखाई सम्बन्धि, नशा सम्बन्धि, बाथ, युरिक एसिड, जन्डिस, हेपाटाईटिस, प्रेसर, सुगर, यौन दुर्बलता, ग्यास्ट्रिक, कब्जियत, महिनावारी गडबडी, आदीको अष्टाङ्गले सफल उपचार गरिसकेको छ । अब यस् हस्पिटलमा सहज र बिरामीमैत्री ढंगबाट सेवा प्रदान गरिने हुँदा यहाँ उपचार लिन आउनेको संख्या पहिलाको तुलनामा बढ्ने विश्वास मैले लिएको छु ।
अन्य उपचार पद्दती र आयुर्वेद उपचार पद्दतीमा के फरक छ ?
जहाँ आयुको सम्बद्र्धन, संरक्षण हुन्छ, त्यही नै आयुर्बेद हो । यस उपचार पद्दतीमा आयुको बारेमा चर्चा हुन्छ । जुन पद्दती अपनाउँदा आयुको बृद्धि हुन्छ । सबैमा कुनै किसिमको नकारात्मक असर पर्दैन प्राकृतिकरुपले पाइने जडिबुटिहरुलाई खनिजलाई धारण गरेर तयार पारेको हुन्छ । यो औषधी सेवन गर्दा डराई राख्नु पर्ने अवस्था हुँदैन । न त यसको अन्य साइड इफेक्ट नै हुन्छ । अन्य पद्दतिको बारेमा मैले भन्न मिल्दैन । तर, यति भन्न सक्छु की तुलनात्मक रुपमा यो पद्दतीको उपचारबाट रोगीहरुले राहत पुगिरहेको पाएका छौं ।
आयुर्वेद उपचारप्रति जनआकर्षण कस्तो रहेको छ ? यो आकर्षणलाई अझै बढाउन कसले के गर्नुपर्ला ?
पछिल्लो समयमा यस उपचार पद्दती प्रति जनआकर्षण एकदमै बढ्दो रहेको छ । आयुर्बेदको नाममा बाटो–बाटोमा गाडी घोडामा राखेर जसले पायो त्यसले जे पाए त्यही गर्न भएन् । औषधीमात्र बेचाउनु पाउनु ठूलो कुरा रहेन । तर बाटो–बाटोमा उपचार अलिक सह्य हुदैन भन्ने मेरो बुझाई छ । आयुर्बेद उपचारप्रति बढ्दो जनआकर्षणसँगै यसलाई व्यवस्थित गर्न जरुरी छ । पताञ्जलीका काउण्टरहरुमा या त औषधी पसल लगेर औषधी बेचाउनु प¥यो । कि त किराना कस्मेटिक पसलमा बेच्ने व्यवस्था हुनुपर्छ । अव्यवस्थित पताञ्जलीका काउन्टरहरुलाई बन्द गर्नुपर्छ । राज्यले आयुर्बेद प्रति सकारात्मक सोच राख्नु प¥यो । सेवाग्राहीले बास्तविक आयुर्बेद सेवा केन्द्रहरुमा गएर सेवा लिनु म सरोकारवालाहरु सबैलाई अनुरोध गर्दछु ।
त्यस्तै समय समयमा हामीले विदेशवाट आयतित एलोपेथिक औषधीहरुको अभाव हुने गरेको सुनेका छौं । हामी र राज्य मिलेर देशमै भएको जडिबुटिलाई सदुपयोग गरेर औषधि निर्माण गर्ने हो भने राज्यले औषधिको अभाव झेल्नु पर्दैन् ।

यो क्षेत्रमा के कस्ता समस्या तथा चुनौतिहरु रहेका छन् ?
यो क्षेत्रमा समस्या र चुनौति धेरै नै छ । सरकारले आयुर्बेदलाई धेरै नै उपेक्षा गरेको अवस्था छ । राज्यले आयुर्वेद उपचारलाई उपचार नै नठानको अवस्था छ । आयुर्वेद उपचार विधिलाई संरक्षण, प्रवद्र्धन र समयानुकूल विकास विस्तार गर्नपर्नेमा राज्यले नै बेवास्ता गर्दै आएको छ । आयुर्वे्दिक क्षेत्रमा सरकारले राम्रो नीति नियम नै बनाएको छैन । सरकारको यस्तो असहयोगले आयुर्वे्दिक क्षेत्र अप्ठ्यारोमा परेको छ । यस क्षेत्रका समस्या तथा चुनौतिको पुरा उत्तर दिने हो भने रामायण र महाभारत नै तयार होला । तर छोटकरीमा भन्नु पर्दा राज्यले यस क्षेत्रमा काम गर्नेहरुलाई बन तस्करको बिल्ला लगाउन समेत बाँकी राखेको छैन ।
आयुर्वे्दिक उपचारको नाममा बिकृती र भ्रमहरुको चर्चा पनि बाहिर आउने गरेको छ नि ? यसलाई के भन्नु हुन्छ ?
ति कुराहरु हावा नचली पात हल्लिन्दैन । तर यसमा पनि म राज्यको कमजोरी देख्छु । आयुर्वे्दिक क्षेत्रमा सरकारले राम्रो निती नियम बनाउने हो भने यसमा धेरै नै सम्भावनाहरु रहेका छन् । आयुर्वेद क्षेत्रले सिङ्गो राष्ट्रकै अर्थतन्त्र हाँक्न सक्छ । तर सरकारकै कमजोरीले गर्दा यस् क्षेत्रमा बिकृतीहरु पलाएका छन् । बिदेशी ब्राण्ड पतंजलीले जस्तो उत्पादन बजारमा ल्याए पनि आयुर्वेद भनिएको छ तर नेपाल मै उत्पादित आयुर्वेद औषधीलाई सम्मान मिलेको छैन । झोलामा औषधी बेच्नेले पनि आयुर्वे्दिक उपचारका नाममा सर्वसाधारणहरुलाई ठगेकै छन् । सेवाग्राहीहरु भ्रममा पर्ने गरेका छन् । त्यसैले मेरो अनुरोध सेवाग्राहीहरुले कम्पनी दर्ता भएका बास्तविक आयुर्बेद सेवाहरुमा गएर मात्रै सेवा लिनुहोला ।
आयुर्वेदको क्षेत्रमा तपाईका भावि योजना तथा लक्ष्यहरु के–कस्ता रहेका छन् ?
स्वदेशमै गुणस्तरीय आयुर्बेद औषधी उत्पादन गरी देशलाई आत्मनिर्भर बनाउने मेरो भावि योजना तथा लक्ष्यहरु रहेका छन् । संभाव्यताको आधारमा अष्टाङ्गको सेवाहरुलाई क्रमशः देशका प्रमुख शहरहरुबाट विस्तार गर्दै लैजाने योजना रहेको छ । जसमा अब छिट्टै नै पुर्वको इटहरीमा पनि यसको शाखा बिस्तार गर्ने तयारीमा जुटेका छौ ।

