२०८३ साउन ९ शनिबार

आयुर्वेद उपचार केन्द्रको सञ्जाल फैल्याउदै चौधरी, कोटेश्वरमा उपचार केन्द्र, कलंकीमा अष्टाङ्ग आयुर्वेद हस्पिटल

ई आर्थिक    बुधबार, असार २८ २०७४
35.4K
Shares
आयुर्वेद उपचार केन्द्रको सञ्जाल फैल्याउदै चौधरी, कोटेश्वरमा उपचार केन्द्र, कलंकीमा अष्टाङ्ग आयुर्वेद हस्पिटल

हृदयनारायण चौधरी
सञ्चालक, अष्टाड्ड आयुर्वेद हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा. लि.

प्राचिन चिकित्सा पद्वती आयुर्बेदमा मान्छेको मोह बड्दै गएको छ । यस बिधीबाट बिभिन्न कठिन रोगको सफल उपचार गरिदै आएको पाईन्छ । बिभिन्न प्रकारका पुराना रोगको सफल उपचार गरिने भएकाले पनि यसमा मोह बडेको हो । तर  राज्यको लगानी, उपचार  र  प्रशो धन बिधि तथा प्रचार प्रसार  नहुँदा आधुनिक चिकित्सा पद्धतिले  आयुर्बेद चिकित्सा पद्धतिलाई ओ झे लमा पारेको छ । तर  पछिल्लो  समयमा भने  निजीक्षेत्रका लगानीमा र  नागरि कहरुको  विश्वास आयुर्बेद चिकित्सा पद्धतितर्फ बढ्दै  गएको  छ ।

दे श विदे शका बिभिन्न अस्पातलहरुमा उपचार गर्दा समेत निको नभएका रोगबाट है रान भएका बिरामीहरुमा अहिले  अष्टाड्ड आयुर्बेद उपचार केन्द्र नचिन्ने कमै छन् । स्वस्थ व्यक्तिको स्वास्थ्यलाई बचाई राख्न र रोगी व्यक्तिको रोग निवारण गर्ने कार्यमा आयुर्बेद उपचार पद्दतीले ठूलो भूमिका खेलिरहेको अष्टाङ्ग आयुर्बेदमा बिरामीको ओ इरो लाग्ने  गरेको छ । बिरामीहरुकै पहलमा अष्टाङ्गले भर्खरै मात्र कलंकीमा आयुर्वेद पद्दतीबाट रोगको उपचार गरिने आयुर्वेद हस्पिटल ‘अष्टाङ्ग आयुर्वेद हस्पिटल’ सञ्चालनमा ल्याएको छ । पछिलो समयमा आयुर्वे्दिक उपचार दोस्रो बिकल्प बन्दै गएकोमा अष्टाङ्गले समयअनुरुप आफ्नो सेवा प्रभावकारी बनाउन र मागलाई पुरा गर्ने हस्पिटल सञ्चालनमा ल्याएको अष्टाङ्ग आयुर्वेद हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालिका सञ्चालक हृदयनारायण चौधरी बताउनुहुन्छ । यसै विच अष्टाङ्ग आयुर्वेद हस्पिटलका सेवा सुविधाहरुका बारेमा केन्द्रीत रही तिर्सना गिरीले  www.eaarthik.com  कालागी सञ्चालक चौधरीसँग गरेको कुराकानी यहाँ प्रस्तुत गरिएको छ ।

आयुर्वेद क्षेत्रमा यहाँको प्रवेश कसरी भयो ? यो क्षेत्रमा लागेर सेवा दिएको कति भयो ?
मेरो जन्म उदयपुर जिल्लाको एउटा सानो गाउँ भिमामा भएको हो । म गाउँको धुलोमा जन्मिएर, कुलोमा नुहाएर गाउँघरकै औषधीमुलो खाएर हुर्केको मान्छे हुँ । जान्ने बुझ्ने हुँदा रुघा खोकी लाग्दा, साधारण खालको ज्वरो आउँदा मेरो बुबाले तुलसीको पात, अदुवा, मरिच मिसाएर पकाएर खुवानुहुन्थ्यो । त्यसैले म निको पनि हुन्थे र तंग्रिन्थे पनि । ज्वरो आउँदा चिराइतो, गुर्जो, नीम लगायतका जडिबुटी कुटेर खुवाउनु हुन्थ्यो । त्यसैले ज्वरो चट् पनि हुन्थ्यो । अहिलेको जस्तो सिटामोल, निको, बु्रफिन त्यो बेला त्यति सहज थिएन । मेरा गाउँ भिमा स्थानीय जंगलको आसपासमा पनि पर्छ । त्यहाँको जडिबुढिको उपयोगिता र महत्व मैले राम्ररी बुझेको थिए । यसको महत्व दर्शाउने कार्यमा भने मेरो बुबालगायत अघिल्लो पुस्ताले बाटो देखाएको हो । मैले भन्नै पर्दा बुबाको प्रेरणाले यो क्षेत्रमा प्रवेश गरेको हुँ ।

यो क्षेत्रमा लागेको अहिले डेढ दशक पनि वितिसक्यो । आँफैले केही सुरु गरौ भनेर चाँही निजी रुपमा २०७२ सालमा अष्टाङ्ग आयुर्वेद उपचार केन्द्र सञ्चालनमा ल्याए । यो उपचार केन्द्रको मुल उद्देश्य स्वस्थ व्यक्तिको स्वास्थ्यको रक्षा गर्नु र रोगी व्यक्तिको रोग निवारण गर्नु हो । छोटो समयमै अष्टाङ्गले विश्वस्नियताको शिखर चुम्यो । बिरामी कै मागलाई ध्यानमा राखेर अहिले कलंकीमा अष्टाङ्ग आयुर्बेद हस्पिटल स्थापना भएको छ ।

astanga-hosptal

अष्टाङ्ग आयुर्वेद हस्पिटल स्थापना गर्नुको उद्देश्य चाँही के हो ?
अष्टाङ्ग आयुर्वेद उपचार केन्द्रबाट सेवा विस्तार गर्दै गर्दा यसको शाखाहरु पनि खोल्दै जाने योजना थियो । अहिले आएर अष्टाङ्गकै सेवा लिसक्नु भएका सेवाग्राहीहरुबाट अब आयुर्वेद हस्पिटल पनि खोल्नु पर्छ भन्ने थुप्रै सुझाब, बिचार र मागहरु आए । बिरामी भर्ना गरेरै उपचार गर्दा अझै बिरामीलाई सहज हुन्छ भन्ने जस्तो सुझाव आएकै कारण अष्टाङ्ग आयुर्वेद हस्पिटल खोलेका हौ । टाढा–टाढाबाट आउने हाम्रा सेवाग्राहीलाई थप सुविधा पुग्ने विश्वास लिएका छौं ।

हस्पिटलका सेवाहरु के–के छन् ? यहाँवाट हाल कति र कस्ता रोगहरुको उपचार गर्न सकिन्छ ?
पहिले अष्टाङ्ग आयुर्बेद उपचार र फार्मेसीसँग सम्बन्धित मात्रै केन्द्रित थियो । अहिले हस्पिटलमा आयुर्वेदद्वारा गरिने सम्पूर्ण उपचार सँगै ल्याब, इसिजी, एक्सरे, भिडियो एक्सरे, पञ्चकर्म (स्नेहन, स्वेधन, शिरोधारा, स्टिम, बस्तिकर्म, नश्य, बमन, बिर्यचन), अकुपञ्चर, अकुप्रेसर, फिजियोथेरापी लगायतका सेवाहरु उपलब्ध हुनेछन् । त्यसैगरी पायल्स, फिस्टुलाको आयुर्बे्दिक पद्दतीद्वारा विशेष उपचार, छार सुत्र कर्म जस्ता उपचार पनि यसले गर्दछ ।

हाल हस्पिटलमा दश वटा शैया छ भने योगा हल, थेरापी हललगायतका सम्पूर्ण सुबिधा रहेका छन् । बिरामीको सुविधाका लागी वेटिङ रूमको ब्यवस्था छ, । आयुर्बेद फार्मेसी र स्वास्थबद्र्धक खानाका लागी क्यान्टिनको पनि सुविधा हस्पिटलबाटै उपलब्ध गराउने व्यवस्था रहेको छ ।

अष्टाङ्ग आयुर्वेद हस्पिटलको फरक विशेषता के हो ?
यो सेवामूलक व्यवसाय पनि भएकाले अष्टाङ्गले सेवाभावले नै आफ्ना सेवाग्राहीलाई सेवा उपलब्ध गराउँदै आएको छौं । समय–समयमा निशुल्क स्वास्थ्य शिविर पनि सञ्चालन गर्ने गरेका छौ । अष्टाङ्ग आयुर्बेदको चतुस्पात भनेको असल चिकित्सक, असल विरामी, असल परिचारिका र असल औषधी हुन । हाम्रो यस केन्द्रमा आयुर्बेदको चतुस्पात मन्त्र प्रयोग गरेर उपचार हुने हुँदा अन्य भन्दा हाम्रो उपचार केन्द्रका सेवामा निश्चितरुपमा केही फरक पाउन सकिन्छ ।

यस किसिमको आयुर्वेद अस्पताल खोल्न कत्तिको समस्याहरु झेल्नु प¥यो ? अस्पातालमा जम्मा लगानी कति रहेको छ ?
राज्यले आयुर्वेद उपचारलाई उपचार नै नठानको अवस्था छ । पहिले हामीले उपचार केन्द्र खोल्यौ जसको लागत १५ लाख रुपैयाँ थियो । तर त्यहाँबाट हस्पिटलले दिने सेवा जस्तो सम्पूर्ण सेवा दिन नसकिन्दो रहेछ । बिरामीको माग बढी आउने तर त्यसलाई पुरा गर्न नसकेकै कारण पनि हामीले यहाँ आयुर्वेद हस्पिटल खोलेका हौ । अहिलेसम्म यस् हस्पिटलमा एक करोड भन्दा बढी लगानी भइसकेको छ ।

astanga-hoptal2

यो अस्पातालबाट कती जना विशेषज्ञ डाक्टरहरुले सेवा प्रदान गर्नुहुन्छ ?
यो अस्पतालमा हाल ४ जना बरिष्ट विशेषज्ञ डाक्टरहरुले सेवा प्रदान गर्नुहुन्छ । त्यसैगरी फिजियो थेरापीष्ट, अकुपञ्चरिस्टलगायत अन्य डाक्टरहरु पनि हुनुहुन्छ । यो अस्पतालमा हाल १७ जना कर्मचारीहरुले सेवा प्रदान गरि राख्नु भएको छ । आवश्यकता अनुसार विशेषज्ञ डाक्टर तथा अन्य प्रकृतिका कर्मचारीहरु थपि सेवाग्राहीलाई विशिष्ट र प्रभावकारी सेवा प्रदान गरिनेछ ।

अष्टाङ्गले हालसम्म कति र कस्ता विरामीहरुको सफल उपचार गरिसकेको छ ?
गुणस्तरीय तथा प्रभावकारी सेवा दिनु नै हाम्रो मुख्य उद्देश्य हो । छोटो समय अवधिमा दश हजार भन्दा बढीले हाम्रो केन्द्रबाट मात्रै सेवा लिइसकेका छन् । विशेषगरी मलद्वारको समस्याहरु, दुखाई सम्बन्धि, नशा सम्बन्धि, बाथ, युरिक एसिड, जन्डिस, हेपाटाईटिस, प्रेसर, सुगर, यौन दुर्बलता, ग्यास्ट्रिक, कब्जियत, महिनावारी गडबडी, आदीको अष्टाङ्गले सफल उपचार गरिसकेको छ । अब यस् हस्पिटलमा सहज र बिरामीमैत्री ढंगबाट सेवा प्रदान गरिने हुँदा यहाँ उपचार लिन आउनेको संख्या पहिलाको तुलनामा बढ्ने विश्वास मैले लिएको छु ।

अन्य उपचार पद्दती र आयुर्वेद उपचार पद्दतीमा के फरक छ ?
जहाँ आयुको सम्बद्र्धन, संरक्षण हुन्छ, त्यही नै आयुर्बेद हो । यस उपचार पद्दतीमा आयुको बारेमा चर्चा हुन्छ । जुन पद्दती अपनाउँदा आयुको बृद्धि हुन्छ । सबैमा कुनै किसिमको नकारात्मक असर पर्दैन प्राकृतिकरुपले पाइने जडिबुटिहरुलाई खनिजलाई धारण गरेर तयार पारेको हुन्छ । यो औषधी सेवन गर्दा डराई राख्नु पर्ने अवस्था हुँदैन । न त यसको अन्य साइड इफेक्ट नै हुन्छ । अन्य पद्दतिको बारेमा मैले भन्न मिल्दैन । तर, यति भन्न सक्छु की तुलनात्मक रुपमा यो पद्दतीको उपचारबाट रोगीहरुले राहत पुगिरहेको पाएका छौं ।

आयुर्वेद उपचारप्रति जनआकर्षण कस्तो रहेको छ ? यो आकर्षणलाई अझै बढाउन कसले के गर्नुपर्ला ?
पछिल्लो समयमा यस उपचार पद्दती प्रति जनआकर्षण एकदमै बढ्दो रहेको छ । आयुर्बेदको नाममा बाटो–बाटोमा गाडी घोडामा राखेर जसले पायो त्यसले जे पाए त्यही गर्न भएन् । औषधीमात्र बेचाउनु पाउनु ठूलो कुरा रहेन । तर बाटो–बाटोमा उपचार अलिक सह्य हुदैन भन्ने मेरो बुझाई छ । आयुर्बेद उपचारप्रति बढ्दो जनआकर्षणसँगै यसलाई व्यवस्थित गर्न जरुरी छ । पताञ्जलीका काउण्टरहरुमा या त औषधी पसल लगेर औषधी बेचाउनु प¥यो । कि त किराना कस्मेटिक पसलमा बेच्ने व्यवस्था हुनुपर्छ । अव्यवस्थित पताञ्जलीका काउन्टरहरुलाई बन्द गर्नुपर्छ । राज्यले आयुर्बेद प्रति सकारात्मक सोच राख्नु प¥यो । सेवाग्राहीले बास्तविक आयुर्बेद सेवा केन्द्रहरुमा गएर सेवा लिनु म सरोकारवालाहरु सबैलाई अनुरोध गर्दछु ।

त्यस्तै समय समयमा हामीले विदेशवाट आयतित एलोपेथिक औषधीहरुको अभाव हुने गरेको सुनेका छौं । हामी र राज्य मिलेर देशमै भएको जडिबुटिलाई सदुपयोग गरेर औषधि निर्माण गर्ने हो भने राज्यले औषधिको अभाव झेल्नु पर्दैन् ।

astanga-4

यो क्षेत्रमा के कस्ता समस्या तथा चुनौतिहरु रहेका छन् ?
यो क्षेत्रमा समस्या र चुनौति धेरै नै छ । सरकारले आयुर्बेदलाई धेरै नै उपेक्षा गरेको अवस्था छ । राज्यले आयुर्वेद उपचारलाई उपचार नै नठानको अवस्था छ । आयुर्वेद उपचार विधिलाई संरक्षण, प्रवद्र्धन र समयानुकूल विकास विस्तार गर्नपर्नेमा राज्यले नै बेवास्ता गर्दै आएको छ । आयुर्वे्दिक क्षेत्रमा सरकारले राम्रो नीति नियम नै बनाएको छैन । सरकारको यस्तो असहयोगले आयुर्वे्दिक क्षेत्र अप्ठ्यारोमा परेको छ । यस क्षेत्रका समस्या तथा चुनौतिको पुरा उत्तर दिने हो भने रामायण र महाभारत नै तयार होला । तर छोटकरीमा भन्नु पर्दा राज्यले यस क्षेत्रमा काम गर्नेहरुलाई बन तस्करको बिल्ला लगाउन समेत बाँकी राखेको छैन ।

आयुर्वे्दिक उपचारको नाममा बिकृती र भ्रमहरुको चर्चा पनि बाहिर आउने गरेको छ नि ? यसलाई के भन्नु हुन्छ ?
ति कुराहरु हावा नचली पात हल्लिन्दैन । तर यसमा पनि म राज्यको कमजोरी देख्छु । आयुर्वे्दिक क्षेत्रमा सरकारले राम्रो निती नियम बनाउने हो भने यसमा धेरै नै सम्भावनाहरु रहेका छन् । आयुर्वेद क्षेत्रले सिङ्गो राष्ट्रकै अर्थतन्त्र हाँक्न सक्छ । तर सरकारकै कमजोरीले गर्दा यस् क्षेत्रमा बिकृतीहरु पलाएका छन् । बिदेशी ब्राण्ड पतंजलीले जस्तो उत्पादन बजारमा ल्याए पनि आयुर्वेद भनिएको छ तर नेपाल मै उत्पादित आयुर्वेद औषधीलाई सम्मान मिलेको छैन । झोलामा औषधी बेच्नेले पनि आयुर्वे्दिक उपचारका नाममा सर्वसाधारणहरुलाई ठगेकै छन् । सेवाग्राहीहरु भ्रममा पर्ने गरेका छन् । त्यसैले मेरो अनुरोध सेवाग्राहीहरुले कम्पनी दर्ता भएका बास्तविक आयुर्बेद सेवाहरुमा गएर मात्रै सेवा लिनुहोला ।

आयुर्वेदको क्षेत्रमा तपाईका भावि योजना तथा लक्ष्यहरु के–कस्ता रहेका छन् ?
स्वदेशमै गुणस्तरीय आयुर्बेद औषधी उत्पादन गरी देशलाई आत्मनिर्भर बनाउने मेरो भावि योजना तथा लक्ष्यहरु रहेका छन् । संभाव्यताको आधारमा अष्टाङ्गको सेवाहरुलाई क्रमशः देशका प्रमुख शहरहरुबाट विस्तार गर्दै लैजाने योजना रहेको छ । जसमा अब छिट्टै नै पुर्वको इटहरीमा पनि यसको शाखा बिस्तार गर्ने तयारीमा जुटेका छौ ।

astanga-hospital3

astanga11

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij