२०८३ साउन ९ शनिबार

आइएमई क्योदाईको नयाँ शाखा जापानको फुकुओकामा

ई आर्थिक    शुक्रबार, असार २३ २०७४
9.6K
Shares
आइएमई क्योदाईको नयाँ शाखा जापानको फुकुओकामा

२३ असार, काठमाडौं । जापानवाट नेपाल लगायत विश्वका बिभिन्न देशहरुमा रेमिटेन्स कारोवार गर्दै आएको आइएमई क्योदाई रेमिटेन्सले जापान स्थित फुकुओकाको हाकातामा नयाँ शाखा विस्तार गरेको छ । आफ्नो सञ्जाल बढाउने क्रममा जापानको फुकुओका शहरको हाकातामा थप नयाँ शाखा गत शुक्रबारबाट संचालनमा ल्याइएको हो ।

आइएमईका प्रमूख कार्यकारी अधिकृत सुमन पोखरेल, क्योदाई रेमिटेन्सका प्रमुख एवम् एनआरएन जापानका उपाध्यक्ष टंक गैरे लगायतको उपस्थितिमा नयाँ शाखाको शुभारम्भ गरिएको हो । उद्घाटनका क्रममा आइएमईका प्रमुख कार्याकारी अधिकृत पोखरेलले विदेशबाट पैसा पठाउने भन्ने बित्तिकै आइएमईको नाम आउने हुँदा यसको छुट्टै पहिचान रहेको बताउदै पैसा पठाउने बिश्वाशिलो र भरपर्दो ब्राण्डकोरुपमा आइएमईलाई लिएकोमा सबैलाई धन्यवाद व्यक्त गर्नुभयो ।

टोकियो पछि नेपाली विद्यार्थीहरुको बाहुल्यता फुकुओकामा रहेको हुनाले नेपालीविद्यार्थी सहित सबैको लागि सहजहोस् भन्ने उदेश्यले फुकुओकामा शाखा विस्तार गरिएको हाकाता शाखा प्रमुख राम कृष्ण श्रेष्ठले बताए ।

नयाँ शाखा विस्तार सँगै क्योदाई रेमिटेन्स ले फुकुओकामा रहेका सम्पूर्ण नेपाली संघसंस्थाहरुको लागि विशेष अवसरमा हुने छलफलमा निशुल्क बैठक हल उपलब्ध गराउने समेत बताइएको छ ।

आफ्नो स्थापना देखिनै रेमिटेन्स सेवालाई प्रत्येक नेपालीको पहुँचसम्म पु¥याउन प्रतिबद्व यस कम्पनीले स्थापनाको १७औँ वर्षसम्ममा नेपालका शहरी तथा ग्रामिण क्षेत्रलाई समेट्ने गरी १५५ आईएमई सेन्टर सहित ७५ जिल्लाका ६,१०० सयभन्दा बढी सव–एजेन्ट र बैंक तथा वित्तीय संस्थाका शाखा मार्फत सेव दिँदै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij