२०८३ साउन ९ शनिबार

भक्तपुरको सूर्यविनायकसम्म चल्दै आएको साझाबस अब काभ्रेको साँगासम्म

ई आर्थिक    बिहिबार, असार २२ २०७४
5.6K
Shares
भक्तपुरको सूर्यविनायकसम्म चल्दै आएको साझाबस अब काभ्रेको साँगासम्म

२२ असार, भक्तपुर । गत जेठ १० गतेदेखि काठमाडौंको स्वयम्भूदेखि भक्तपुरको सूर्यविनायकसम्म चल्दै आएको साझा बस भक्तपुर र काभ्रेको सीमानामा पर्ने साँगासम्म सञ्चालनमा आएको छ । सूर्यविनायक नगरपालिकाका जनप्रतिनिधिको पहलमा काभ्रेको सीमाना साँगासम्मै साझा बस सञ्चालनमा ल्याइएको हो ।

भक्तपुरमा साझाको २० ओटा बस सञ्चालनमा रहेको छ । साँगासम्म हाल बिहान र साँझ कार्यालय समयमा सञ्चालनमा रहने र केही दिनमै रुट परमिट पाएपछि नियमित रुपमा नै साँगासम्म बस सञ्चालन हुनेछ ।

साँगासम्म सञ्चालन हुने बस सेवाको बुधबार पूर्वउद्योग मन्त्री महेश बस्नेत र सूर्यविनायक नगरपालिकाका नगरप्रमुख वासुदेव थापाले संयुक्तरुपमा शुभारम्भ गरेका हुन् । रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij