२०८३ साउन ९ शनिबार

१४ वर्षका बालक बलात्कारको अभियोगमा पक्राउ, ७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोप

ई आर्थिक    बिहिबार, असार २२ २०७४
3.9K
Shares
१४ वर्षका बालक बलात्कारको अभियोगमा पक्राउ, ७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोप

२२ असार, नुवाकोट । विदुर नगरपालिका– ३ का १४ वर्षका एक बालक बलात्कारको अभियोगमा पक्राउ परेका छन् । छिमेकी सात वर्षीया बालिकालाई बलात्कार गरेको भन्दै अभिभावकले दिएको किटानी जाहेरीको आधारमा पक्राउ परेका बालकलाई नुवाकोट जिल्ला अदालतमा जबर्जस्ती करणीमा मुद्दा दर्ता गरी अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।

एक साताअघि बालिकाको घरमा नै बालकले अनुचित कार्य गरेको अभिभावकले देखेपछि दिएको सूचनाको आधारमा बालिकाको स्वास्थ्य परीक्षण प्रतिवेदनमा पनि केही आधार पाइएकाले मुद्दा नै दर्ता गरी कारबाहीका लागि नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी निरीक्षक जीतेन्द्रकुमार बस्नेतले जानकारी दिनुभयो ।

बालक हिरासत कक्षमा

बालिकालाई अनुचित कार्य गरेको अभियोगमा पक्राउ परेका १४ वर्षीय बालकलाई नुवाकोट प्रहरीले हिरासत कक्षमा नै राखेर अनुसन्धान गर्दै आएको छ । बालबालिका अपराधमा संलग्न रहेको अभियोगमा अनुसन्धानका लागि पक्राउपछि बाल हिरासत कक्ष तथा आवास गृहमा राख्नुपर्ने भए पनि स्थान अभावको कारण देखाउँदै नुवाकोट प्रहरीले अन्यसरह हिरासत कक्षमा राखेको छ ।

कार्यालयमा बाल हिरासत कक्ष नभएको र अनुसन्धानका लागि मुद्दा नै दर्ता भइसकेकाले नियन्त्रण बाहिर जान दिन नहुने भएकाले बयस्कसरह हिरासतमा राख्नु बाध्यता भएको नुवाकोट प्रहरीले जनाएको छ ।

बाल हिरासत कक्षा तथा आवास गृह नहुँदा नुवाकोटमा आपराधिक क्रियाकलापमा पक्राउ पर्ने बालबालिका अन्यसरह हिरासत कक्षमा नै राख्ने गरिएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij