२०८३ साउन ९ शनिबार

लुकाइछिपाइ चीन लान लागेको यार्सागुम्बासहित चिनियाँ नागरिक पक्राउ

ई आर्थिक    बिहिबार, असार २२ २०७४
3.6K
Shares
लुकाइछिपाइ चीन लान लागेको यार्सागुम्बासहित चिनियाँ नागरिक पक्राउ

२२ असार, रसुवा । अवैधरुपमा नेपालबाट चीनतर्फ लान लागेको यार्सागुम्बासहित एक चिनियाँ नागरिक रसुवागढीमा आज अपराह्न पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी प्रमुख फणीन्द्र प्रसाईंका अनुसार पक्राउपर्नेमा २४ वर्षीय चिनियाँ पुरुष सञ्जेही ९कगलशजभ रहेका छन् ।

बुट्टेदार बट्टामा प्याकिङ गरी लुकाइछिपाइ चीनतर्फ लान लागेको अवस्थामा ती चिनियाँ नागरिकबाट २९६ थान यार्सागुम्बा बरामद गरिएको हो ।

पक्राउ परेका चिनियाँ नागरिकलाई हिमाली राष्ट्रिय निकुञ्ज ऐनअनुसार कारबाहीका लागि केही समय अगाडि लाङ्टाङ राष्ट्रिय निकुञ्ज कार्यालयमा बुझाइ थप अनुसन्धान भइरहेको बताइएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij