२०८३ साउन ९ शनिबार

जमिनमुनिको खराबी पत्ता लागेपछि माडीमा दुई सातापछि बिजुली पुन: सञ्चालनमा

ई आर्थिक    मंगलबार, असार २० २०७४
4.5K
Shares
जमिनमुनिको खराबी पत्ता लागेपछि माडीमा दुई सातापछि बिजुली पुन: सञ्चालनमा

२० असार, रत्ननगर(चितवन)। दक्षिण चितवनको माडीमा अवरुद्ध भएको विद्युत् सेवा दुई सातापछि सञ्चालनमा आएको छ । चितवन राष्ट्रिय निकुञ्जस्थित जमिनमुनि गाडिएको विद्युत्को तारमा देखिएको खराबी पत्ता लगाउन नसक्दा यहाँ यही असार ५ गतेदेखि विद्युत् सेवा अवरुद्ध हुँदैआएको थियो ।

जमिनमुनिको तारमा देखिएको खराबी पत्ता लगाउन नेपालका प्रविधिज्ञले नसकेपछि खराबी पत्ता लगाउने मेसिन (केबल फल्ट फाइन्डिङ मेसिन) भारतबाट ल्याइएको थियो । ‘मेसिनले चितवनको राप्तीखोलाबाट एक हजार ५०० मिटर पर जङ्गलभित्र जमिनमुनि गाडिएको तार प्वाल परेको देखायो, त्यसलाई मर्मत गरेर आइतबार रातिदेखि विद्युत् सेवा सुरु गरिएको छ,’ विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रका सुपरभाइजर तथा माडी क्षेत्रका इन्चार्ज आनन्द कुँवरले भन्नुभयो ।

जमिनमुनि गाडिएको तारको माथि उक्त मेसिन हिँडाउँदा खराबी भएको ठाउँमा आवाज परिवर्तन भई बिग्रिएको सङ्केत दिने गर्छ । विद्युत् सेवा नहुँदा यो गर्मीमा ठूलो पीडा खेपेका माडीवासीलाई सेवा सुरु भएसँगै राहत मिलेको स्थानीय श्रीप्रसाद दवाडी बताउनुहुन्छ ।

विसं २०५७ मा माडीमा विद्युत् सञ्चालनका लागि काम गरिए पनि त्यो योजना असफल भएपछि २०६७ सालदेखि नयाँ परियोजना आएको थियो । भारतीय सैनिक कल्याणकारी कोष र विद्युत् प्राधिकरणको लगानीमा सञ्चालित भरतपुर–चनौली–माडी ३३ केभी प्रसारण तथा ग्रामीण विद्युतीकरण आयोजनाले २०७३ साल कात्तिकमा विद्युत् पु¥याएको थियो । मङ्सिरदेखि विद्युत् सेवा सुरु भएको माडीमा अहिले करिब चार हजार ग्राहक छन् । रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij