२० असार, काठमाडौँ । हवाई इन्धनको मूल्य घटेसँगै हवाई भाडा दर पनि घटेको छ। नीजि विमान सञ्चालक संघ एयरलाइन्स अपरेटर्स एसोसिएसन अफ नेपालले हवाई भाडा नयाँ मूल्य अनुसार समायोजन गरेको हो।
अान्तिरकतर्फको हवाई इन्धनको मूल्य लिटरकाे ४ रूपैयाँ घटेसँगै देशका विभिन्न भागमा जाने हवाई भाडामा कमी आएको छ।
नयाँ भाडा दर बुधबार देखि कार्यान्वनयमा आउने भएको छ । हवाई भाडामा लामो दुरीमा २ सय रुपैयाँ सम्म घटेको छ । विराटनगर जाने यात्रुले यसअघि ७ हजार २ सय तिर्नुपर्दथ्यो । तर अब भने ७ हजार १ सय ४ रुपैयाँ मात्रै तिरे हुने भएको छ ।
भद्रपुरमा ८ हजार ७ सय रुपैयाँ तिर्दै आएका यात्रुले अब ८ हजार ५ सय ७६ रुपैयाँ तिरे पुग्ने भएको छ ।
त्यसैगरी पोखरा जान पहिला चार हजार ७०० तिर्नुपथ्यो भने अब चार हजार ६३४ लाग्ने भएको छ । काठमाडौँबाट जनकपुर जान तीन हजार ९४८ लाग्नेछ । पहिला यही रुटमा चार हजार लाग्थ्यो ।
सबैभन्दा कम दूरीको उडान रहेको सिमरा जाने भाडामा भने ४० मात्र घटेको छ । सिमरा जान पहिला तीन हजार ४५ लाग्थ्यो भने अब तीन हजार पाँच तिरे पुग्छ । भरतपुर जान तीन हजार ३५३ लाग्छ । पहिला तीन हजार ५०० थियो ।
तुम्लिङ्टारको भाडा पाँच हजार ७०० बाट घटाएर पाँच हजार ६२३ कायम गरिएको छ । माउन्टेन फ्लाइटको भाडामा पनि ११ हजारबाट घटाएर १० हजार ८६२ कायम गरिएको छ ।
त्यसैगरी माउन्टेन फ्लाइटमा यसअघि ११हजार तिर्दै आएकोमा अब १० हजार ८ सय ६२ मात्रै तिरे हुने भएको छ ।