२०८३ साउन ९ शनिबार

काबेली विकास बैंकले ५० प्रतिशत हकप्रद निष्कासन गर्ने, सेबोनले दियो स्वीकृती

ई आर्थिक    सोमबार, असार १९ २०७४
4.2K
Shares
काबेली विकास बैंकले ५० प्रतिशत हकप्रद निष्कासन गर्ने, सेबोनले दियो स्वीकृती

१९ असार, काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले काबेली विकास बैंकको हकप्रद शेयर बितरणको प्रस्ताव स्वीकृत गरेको छ । बोर्डले बैंकलाई हाल कायम रहेको चुक्ता पुंजीको ५० प्रतिशत अर्थात दुुई बराबर एकको अनुुपातमा हकप्रद शेयर जारी गर्न स्वीकृती दिएको हो ।

बैंकले एक सय रुपैयाँ अंकित मुल्य कायम रहनेगरी तीन करोड ५० लाख ८० हजार रुपैयाँ बराबरको हकप्रद शेयर जारी गर्न अनुमती पाएको हो । हकप्रदकालागी बैंकको बिक्री प्रबर्धकमा ग्लोवल आईएमई क्यापिटल रहेको छ ।

हाल छ करोड ३७ लाख रुपैयाँ चुक्ता पुंजी रहेको बैंकको हकप्रद शेयर बिक्री पश्चात भने चुक्ता पुंजी नौ करोड ५५ लाख रुपैयाँ पुुग्ने छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij