२०८३ साउन ९ शनिबार

सेन्चुरी बैङ्क तथा सगरमाथा फाइनान्सले एकीकृत कारोबार गर्ने

ई आर्थिक    आइतबार, असार १८ २०७४
13.1K
Shares
सेन्चुरी बैङ्क तथा सगरमाथा फाइनान्सले एकीकृत कारोबार गर्ने

१८ असार, काठमाडौं । सेन्चुरी कमर्सियल बैङ्क लिले चाँडै सगरमाथा फाइनान्स लिसँग एकीकृत कारोबार सुरु गर्ने भएको छ ।

बैङ्कका अध्यक्ष राजेशकुमार श्रेष्ठको अध्यक्षतामा आज बसेको विशेष साधारणसभाले उक्त फाइनान्सलाई प्राप्ति (एकीकृत) गर्ने प्रस्ताव अनुमोदन गरेको छ । सगरमाथाको १०० कित्ता सेयर सेन्चुरीको ९५ कित्ता सेयर हुने गरी सम्झौता गरिएको छ । अब बैङ्कको चुक्ता पुँजी रु सात अर्बभन्दा माथि पुगेको छ ।

यसैगरी अल्पाइन डेभलपमेन्ट बैङ्क लिसँग प्राप्ति गर्ने अन्तिम सम्झौतापत्रमा हस्ताक्षर भइसकेको तथा सेती फाइनान्स लिलाई प्राप्ति गर्ने प्रारम्भिक सम्झौतापत्रमा हस्ताक्षर भई नेपाल राष्ट्र बैङ्कमा निवेदन पेस गरिएको जनाइएको छ ।

यसअघि उक्त बैङ्कले इन्नोभेटिभ डेभलपमेन्ट बैङ्क र अरनिको डेभलपमेन्ट बैङ्कलाई प्राप्ति गरी एकीकृत कारोबार गरिसकेको छ । बैङ्क तथा वित्तीय संस्थाको नियमन निकाय राष्ट्र बैङ्कले यही असार मसान्तसम्म विकास बैङ्कको चुक्ता पुँजी रु आठ अर्ब पु¥याउन निर्देशन दिएपछि एकीकृत भई कारोबार गर्न लागिएको अध्यक्ष श्रेष्ठले जानकारी दिए । रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij