२०८३ साउन ९ शनिबार

दोलखाको लाकुरीडाँडामा पहिरोले घर बगायो, एक जनाको मृत्यु, तीनजना बेपत्ता

ई आर्थिक    बुधबार, असार १४ २०७४
2.6K
Shares
दोलखाको लाकुरीडाँडामा पहिरोले घर बगायो, एक जनाको मृत्यु, तीनजना बेपत्ता

१४ असार, चरिकोट । भीमेश्वर नगरपालिका–९ लाकुरीडाँडाको कुतकुतेमा गएराति पहिरो जाँदा एक जनाको मृत्यु भएको छ भने तीनजना बेपत्ता भएका छन्।

गएराति डेढ बजे डाँडाबाट पहरो खस्दा दुईवटा घर पुरिएको छ। मृत्यु हुनेमा ३५ वर्षीया शान्ति थामी रहेकी छिन्। पहिरोले घर बगाएपछि शान्तिकी १२ वर्षीया छोरी रोशनी र १० वर्षीया छोरी सन्तोषी बेपत्ता भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए।

बेपत्ता भएकाहरुको खोजी गर्न अहिले जिल्लाबाट प्रहरी टोली घटनास्थलतर्फ गएको छ। लगातार वर्षा भइरहेका कारण लामोसाँघु–जिरी सडकखण्ड अहिले अवरुद्ध छ। रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij