२०८३ साउन ९ शनिबार

रोकिएन अवैध रूपमा बालुवा उत्खनन गर्ने कार्य, खोलाबाटै समातिए छ गाडी

ई आर्थिक    मंगलबार, असार १३ २०७४
5.2K
Shares
रोकिएन अवैध रूपमा बालुवा उत्खनन गर्ने कार्य, खोलाबाटै समातिए छ गाडी

१३ असार, गौशाला । खोलाबाट अवैध रुपमा बालुवा उत्खनन गरी लगिरहेका अवस्थामा जिल्ला समन्वय समिति महोत्तरीले दुई टिपरसहित छ ट्र्याक्टर नियन्त्रणमा लिएको छ ।

स्थानीय विकास अधिकारी युवराज पौडेलको नेतृत्वमा गएको टोलीले सीतापुर भंगहा गाउँपालिकास्थित भुताहा खोलामा बालुवा उत्खनन गरी लगिरहेका अवस्थामा दुई अनटेस्ट ट्र्याक्टर, ज१त १३७१, २२१५ नंको ट्र्याक्टर र ना१क ४५०९, ४५०६का टिपर नियन्त्रणमा लिएको हो ।

नियन्त्रित गाडी इलाका प्रहरी कार्यालय भंगहामा बुझाइएको स्थानीय विकास अधिकारी पौडेलले बताए । जिल्लाका रातो, मरहा, जंगहा, अंकुशी र भुतहा खोलामा जिल्ला समन्वय समितिको इजाजतबिना बालुवा उत्खनन गर्नेमाथि कडा कारबाही गरिने सूचना आइतवार गरिए पनि सो सूचनाको बेवास्ता गर्दै सोमवार अवैध रुपमा बालुवा गिट्टी उत्खनन गर्न पुगेका ती ट्र्याक्टर र टिपरलाई नियन्त्रणमा लिइएको जिल्ला समन्वय समितिका सूचना अधिकृत मिश्रीलाल यादवले बताए । रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij