२०८३ साउन ११ सोमबार

दार्जीलिङमा भएको राज्य दमन बिरुद्ध नेपालमा विप्लव समूहद्वारा विरोध प्रदर्शन, भारतीय दूतावास घेराउ

ई आर्थिक    सोमबार, असार १२ २०७४
3.3K
Shares
दार्जीलिङमा भएको राज्य दमन बिरुद्ध नेपालमा विप्लव समूहद्वारा विरोध प्रदर्शन, भारतीय दूतावास घेराउ

१२ असार, काठमाडौं । दार्जीलिङमा भएको राज्य दमन बिरुद्ध  नेपालमा विप्लव समूहले भारतीय दूतावास घेराउ गरेको छ ।  दार्जीलिङमा दमन गरिएको भन्दै विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले भारतीय दूताबास अगाडि विरोध प्रदर्शन गर्दै दूतावास घेराउ गरेको हो ।

जुलुससहित नेकपाका नेताहरु धर्मेन्द्र बास्तोलाको नेतृत्वमा लैनचौर पुगेका थिए । विरोध प्रदर्शनपछि आयोजित कोणसभालाई सम्बोधन गर्दै नेकपाका स्थायी कमिटी सदस्य बास्तोलाले नेपाली भाषी भएकै कारण दमन भएको र यो मानवअधिकारको घोर उल्लंघन भएको बताए ।

भारतकै अन्य राज्यका जनताले आन्दोलन गर्दा सुनुवाई भएपनि दार्जीलिङमा दमन भएको भन्दै उनले गोर्खाल्याण्डको मागलाई नेपालसँग जोडेर नहेर्न आग्रह गरे । उनले भने, ‘गोर्खाजातिले आफ्नो भाषाको सम्वद्र्धन गर्न किन नपाउने ? नेपालसँग हेरेर किन दमन गर्ने ?’

नेकपाले दूताबासमार्फत भारतीय प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाइने बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij