२०८३ साउन ९ शनिबार

फेरी गयो नारायणगढ–मुग्लिन सडकमा पहिरो, सडक अवरुद्ध हुँदा यात्रुहरुको बिचल्ली

ई आर्थिक    आइतबार, असार ११ २०७४
1.8K
Shares
फेरी गयो नारायणगढ–मुग्लिन सडकमा पहिरो, सडक अवरुद्ध हुँदा यात्रुहरुको बिचल्ली

११ असार, चितवन । नारायणगढ–मुग्लिन सडक खण्डको कालीखोला नजिकै आज अपराह्न ३ बजे पुनः पहिरो खसेपछि सडक अवरुद्ध बनेको छ ।

शनिबार राति ९ बजे पहिरो खसेपछि अवरुद्ध सडक आज बिहान ८ बजेदेखि सञ्चालनमा आएको थियो । जिल्ला प्रहरी कार्यालयका प्रमुख दीपा थापाका अनुसार शुक्रबार बिहान पहिरो खसेर चार प्रहरीसहित भ्यान र ट्रक त्रिशूली नदीमा खसेको ठाउँमा नै आज पुनः पहिरो खसेको हो ।

Narayanghat1

त्रिशूलीमा बेपत्ता प्रहरी र भ्यान खोजी गरिरहेका सुरक्षाकर्मी पहिरो खसेपछि भागेर बचेको उहाँले बताउनुभयो । सडकमा ठेकेदार कम्पनीको कन्टेनरको केही भागमा सामान्य क्षति भएको छ भने चालक भागेर बचेका छन् । शुक्रबार बिहान सो ठाउँमा दुई हजार घनमिटरको पहिरो खसेको थियो । आज खसेको पहिलो सो पहिरोभन्दा ठूलो रहेको नारायणगढ–मुग्लिन आयोजनाले जनाएको छ ।

पहिरो खसेको ठाउँ मुग्लिनबाट २ दशमलव पाँच किमी नारायणढतर्फ पर्छ । भित्तो काटेर सडक फराकिलो बनाइएको सो ठाउँमा पहिरो खसेको हो । एघार घन्टादेखि अवरुद्ध सडक खुलेको केही बेरमै पुनः पहिरो खसेपछि बिचल्ली भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij