११ असार, काठमाडौं । नेपाली बजारमा आईतबार सुनको भाउ प्रति तोला एक सय रुपैयाँ बढेको छ । गत साताको शुक्रबार तोलाको ५४ हजार ४ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज भने ५४ हजार ५ सय रुपैयाँ रहेको छ ।
यस्तै, चाँदी पनि आज तोलामा ५ रुपैयाँ बढेको छ । चाँदी आज ७ सय ४५ रुपैयाँ छ । गत शुक्रवार चाँदीको भाउ ७ सय ४० रुपैयाँ थियो ।