२०८३ साउन ९ शनिबार

चाँगुनारायण नगरपालिकामा कभर्डहल शिलान्यास

ई आर्थिक    आइतबार, असार ११ २०७४
3.9K
Shares
चाँगुनारायण नगरपालिकामा कभर्डहल शिलान्यास

११ असार, भक्तपुर । चाँगुनारायण नगरपालिका–४, साँगदहमा अन्तर्राष्ट्रियस्तरको खेलकुद कभर्डहल निर्माण हुने भएको छ । सांसद प्रेम सुवालले शनिबार वैदिक विधिअनुसार जग पूजा गरी हल शिलान्यास गरे ।

निर्वाचन क्षेत्र पूर्वाधार विकास कोषको बजेटबाट १ करोड रुपैयाँबराबरको लागतमा हल निर्माण हुन लागेको हो । बढीमा २ वर्ष लगाएर निर्माण कार्य सम्पन्न हुने हल निर्माण उपभोक्ता समितिका अध्यक्ष श्रीहरि कुइँकेलले बताए । स्थानीय युवाको चाहनाअनुसार अन्तर्राष्ट्रियस्तरको प्रतियोगिता गर्न मिल्ने गरी कभर्डहल निर्माण हुने कुइँकेलले जानकारी गराए ।

सांसद सुवालले हल निर्माणनिम्ति थप सबै खाले सहयोग गर्न आफू तयार रहेको बताए । उपभोक्ता समिति सचिव राधेश्याम खनालका अनुसार भक्तपुर जिल्लाकै उत्कृष्ट खेल पूर्वाधारका रूपमा हल डिजाइन गरिएकोे छ ।

अन्तर्राष्ट्रिय ब्याडमिन्टन अम्पायर दीपक थापाले सरकारीस्तरबाट बन्न नसकेको हल स्थानीय प्रयासबाट बन्न लाग्नु प्रशंसनीय भएको बताए । उनले हल बनिसकेपछि अन्तर्राष्ट्रिय टोलीहरूको क्याम्प राखी सुविधा दिनसक्दा आयआर्जन हुने अपेक्षा राखे ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij