२०८३ साउन ९ शनिबार

एमालेको जितलाई कसैले रोक्न सक्दैन : महासचिव पोखरेल

ई आर्थिक    आइतबार, असार ११ २०७४
5.3K
Shares
एमालेको जितलाई कसैले रोक्न सक्दैन : महासचिव पोखरेल

११ असार, भोजपुर । नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेलले एमालेको जितलाई कसैले रोक्न नसक्ने बताउनुभएको छ ।

नेकपा एमाले, भोजपुर नगर कमिटीले शनिबार अपराह्न आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै उहाँले स्थानीय तहको निर्वाचनमा पहिलो चरणको भन्दा अझ बहुमत ल्याएर विजयी हुने दाबी गर्नुभयो ।

महासचिव पोखरेलले भोजपुरको समग्र विकासका लागि योजना बनाएर एमाले अघि बढ्नेछ भन्नुभयो । सभामा एमालेका पोलिटब्युरो सदस्य शेरधन राई, भोजपुर नगर प्रमुख पदका उम्मेदवार गणेश श्रेष्ठ र उपप्रमुख पदकी उम्मेदवार ममिता राईले आफ्ना प्रतिबद्धता राख्नुभएको थियो । रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij