२०८३ साउन ९ शनिबार

असार १४ गते ३५ जिल्लामा सार्वजनिक बिदा, शिक्षण संस्था चाहिं चार दिन

ई आर्थिक    शुक्रबार, असार ९ २०७४
2.8K
Shares
असार १४ गते ३५ जिल्लामा सार्वजनिक बिदा, शिक्षण संस्था चाहिं चार दिन

९ असार, काठमाडौंँ । दोश्रो चरणअन्तर्गत स्थानीय तहको निर्वाचन हुने प्रदेश नं. १, ५ र ७ मा यही असार १४ गते सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले निर्वाचन आयोगको सिफारिस अनुसार मतदान हुने दिन सार्वजनिक विदा दिने निर्णय गरेको हो । प्रदेश नम्बर १, ५ र ७ मा १४ गते मतदान हुँदैछ ।

यस्तै तीन वटा प्रदेशमा असार ११ देखि १४ गतेसम्म चार दिन शिक्षण संस्थाहरुमा विदा दिइएको गृह मन्त्रालयले जनाएको छ । निर्वाचन आयोगले यसअघि नै सरकारलाई १४ गते सार्वजनिक विदा दिन र शिक्षा मन्त्रालयलाई निर्वाचन हुने प्रदेशमा चार दिन शिक्षण संस्था विदा दिने व्यवस्था मिलाउन पत्राचार गरेको थियो।

Home-ministry

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij