२०८३ साउन ९ शनिबार

आयातित खादाको प्रयोगमा रोक, अब सम्मान तथा सत्कारमा स्थानीयस्तरमै उत्पादन सामग्रीको प्रयोग गरिने

ई आर्थिक    शुक्रबार, असार ९ २०७४
3.4K
Shares
आयातित खादाको प्रयोगमा रोक, अब सम्मान तथा सत्कारमा स्थानीयस्तरमै उत्पादन सामग्रीको प्रयोग गरिने

९ असार, म्याग्दी । सम्मान तथा सत्कार गर्दा रङ्गीविरङ्गी आयातित खादा ओढाउने प्रचलनलाई म्याग्दी रघुगङ्गा गाउँपालिका–२ भगवतीमा रोक लगाएको छ ।

सो वडाका नवनिर्वाचित वडा अध्यक्ष रिम कटुवालको अध्यक्षतामा बिहीवार बसेको बैठकले स्थानीयस्तरमा हुने सबै कार्यक्रममा अतिथि र पाहुनालाई सम्मान तथा सत्कार गर्दा आयातित खादाको सट्टा स्थानीयस्तरमै उत्पादन हुने फूलमाला तथा सामानको प्रयोग गर्ने नगर्ने निर्णय गरेको हो ।

परम्परागत संस्कृतिमा स्वागत र सम्मानमा फूलमाला नै जोडिएर आएको भए पनि पछिल्लो समयमा भित्रिएको खादा संस्कृति भड्किलो भएको र खादाको पुनः प्रयोगको समेत कुनै काम नहुने भएकाले खादा प्रयोग नगर्ने निर्णय गरेको वडाध्यक्ष कटुवालले बताए । उनले सम्मान र सत्कारमा अहिले प्रयोग हुँदै आएको खादाले वातावरण प्रदूषणसमेत गराउने भएकाले सम्मान संस्कृतिलाई स्थानीय संस्कारसँग जोड्नु बढी उत्तम हुने बताए ।

त्यस्तै, बैठकले सो वडामा मुक्तिनाथ सदावर्त गुठीको नाममा रहेको सर्वसाधारणको जग्गालाई रैतनी परिणतका लागि जिल्ला मालपोत कार्यालयमार्फत भूमिसुधार मन्त्रालयलाई आग्रह गर्ने निर्णयसमेत गरेको बताएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij