२०८३ साउन ९ शनिबार

भूकम्पको धक्काले इँटा खस्दा एकको मृत्यु

ई आर्थिक    बुधबार, असार ७ २०७४
4K
Shares
भूकम्पको धक्काले इँटा खस्दा एकको मृत्यु

७ असार, मलेखु (धादिङ) । दक्षिणी धादिङको धुनिबेँसी नगरपालिका वडा नं ५ मा रहेको टाटा इँटा भट्टामा काम गर्ने एक मजदुरको आज भूकम्पको धक्काले इँट्टा खसेर मृत्यु भएको छ ।

इँटा भट्टामा पोलेको इँटा मिलाउँदै गर्दा भूकम्पको धक्काले इँटा खसेर लाग्द भारत दरबङ्गा निवासी मजदुर ३५ वर्षीय रिजन सदाइको घटना स्थलमै मृत्‍यु भएको हो । साथै उनका १० बर्षिय छोरा घाइते भएको ईलाका प्रहरी कुलेखानिले जनाएको छ ।

घाइतेलाई उपचारकालागी काठमाडौं ट्रमा सेन्टर लगिएको छ भने म्रितकलाई शब परिक्षणकालागि पठाईएको छ । आज बिहान १०:२५ मा मक्वानपुरको चित्लाङमा केन्द्रबिन्दु बनाइ ३.२ रेक्टरको भुकम्प गएको राष्ट्रिय भुकम्प मापन केन्द्रले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij