७ असार, काठमाडौं । सरकारले बुधवार आजदेखि भूकम्प प्रभावित १४ जिल्लाका प्रभावितलाई गोला प्रथाद्वारा ट्याक्सी नम्बर वितरण गरेको छ । बुधवार ललितपुरको च्यासलमा विभागले गोलाप्रथाद्वारा ट्याक्सी नम्बर वितरण गरेको हो । विभागले असार ७, ८ र ९ गते १४ जिल्लाका भूकम्पपीडितलाई १ हजार ५ सय थान ट्याक्सी उपलब्ध गराउन लागेको हो ।
पहिलो चरणमा काभ्रेपलाञ्चोक जिल्लाका प्रभावितलाई (२ सय १ ओटा), नुवाकोटका प्रभावितलाई (१ सय २५ ओटा) र रामेछापका प्रभावितलाई (१ सय ६५ ओटा ) ट्याक्सी नम्बर सङ्ख्या वितरण गरेको छ । त्यसैगरी, विभागले दोस्रो चरणमा दोलखा (२ सय १४ ओटा), सिन्धुली ( ४६ ओटा) र सिन्धुपाल्चोक(२ सय ५३ ओटा ) गरी जम्मा ५ सय १३ ओटा र तेस्रो चरणमा काठमाडौं ( ९५ ओटा), ललितपुर (७२ ओटा), भक्तपुर (४३ ओटा), मकवानपुर(३१ ओटा), धादिङ (१ सय १७ ओटा), ओखलढुङ्गा ( ३० ओटा), गोरखा ( ७८ ओटा) र रसुवा( ३० ओटा) गरी जम्मा ४ सय ९६ ओटा ट्याक्सी वितरण गर्ने भएको छ ।
सरकारले यस अघि जेठ १३, १४ र १५ मा ट्याक्सी नम्बर सङ्ख्या वितरण गर्ने भनेकोमा स्थानीय चुनावको कारण स्थगित गरेको थियो ।