२०८३ साउन ९ शनिबार

पाँचथरमा घुस लिँदा लिँदै इन्जिनियर पक्राउ

ई आर्थिक    मंगलबार, असार ६ २०७४
3.2K
Shares
पाँचथरमा घुस लिँदा लिँदै इन्जिनियर पक्राउ

६ असार, पाँचथर । जिल्ला शिक्षा कार्यालय पाँचथरका सब इन्जिनियर मनोजकुमार यादव एक लाख २५ हजार रुपैयाँ घुस लिँदै गर्दाको अभियोगमा पक्राउ परेका छन् ।

कार्यालय खुलेपछि ‘घुस लिँदै गर्दा’ करारमा रहेका यादवलाई अख्तियार दुरुपायोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय इटहरीको टोलीले पक्राउ गरेको हो । यादवलेसाबिक माङ्जाबुङ– १ स्थित सिद्ध सरस्वती माविको चारकोठे पक्की भवनको फाइनल प्राविधिक रिपोर्टिङ तयार गर्ने क्रममा घुस मागेकोे आरोप लगाइएको छ ।

विसं २०७० देखि निर्माण सुरु भएको उक्त भवन २०७३ सालमै सम्पन्न गर्नुपर्ने भए पनि विविध कारणले ढिलाइ भएको बताइएको छ । इन्जिनियर यादवलाई आयोगको पूर्वाञ्चल क्षेत्रीय कार्यालयमा परेको उजुरीका आधारमा पक्राउ गरिएको आयोग क्षेत्रीय कार्यालय प्रवक्ता रमेश बस्नेतले बताउनुभयो । – रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij