२०८३ साउन ९ शनिबार

पहिरो खसेर अवरुद्ध नारायणगढ-मुग्लिन सडक सञ्चालनमा

ई आर्थिक    आइतबार, असार ४ २०७४
3.5K
Shares
पहिरो खसेर अवरुद्ध नारायणगढ-मुग्लिन सडक सञ्चालनमा

४ असार, चितवन । पहिरो खसेर गए राति १ बजेदेखि अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्डको पहिरो पन्छाइएपछि आज बिहान ११:५० बजेदेखि सडक पुनःसञ्चालनमा आएको छ ।

नारायणगढ–मुग्लिन सडक आयोजनाका इ शिव खनालका अनुसार मुग्लिनबाट २.५ किमी नारायणगढतर्फ कालीखोलामा भित्तो काटिएको ठाउँमा पहिरो खसेको थियो । राति ९ बजे पनि सोही ठाउँमा पहिरो खसेकामा पन्छाएर सडक पुनःसञ्चालन गरिएको थियो । सुरुमा सानो पहिरो भए पनि राति ठूलो पहिरो खसेकाले पन्छाउन समय लागेको हो ।

पहिरो पन्छाउनका लागि एक एक्साभेटर, दुई लोडर र तीन टिपर परिचालन गरिएको थियो । पहिरो पन्छाइएसँगै रातिदेखि सवारी जाममा बसेका गाडी आआफ्नो गन्तव्यतर्फ लागेका छन् । अहिले सडकखण्ड विस्तारको काम भइरहेको छ ।

भित्तो काटेर सडक फराकिलो बनाइएकाले समय समयमा पहिरो खसेर दुःख दिने गरेको छ । हाल ठूलो पानी नपरे पनि दुई चार दिनयता परेको पानीका कारण पहिरो खसेको हुन सक्ने अनुमान छ । रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij