२०८३ साउन ९ शनिबार

रुसी सैनिकको कारबाहीमा इस्लामिक स्टेटका नेता बगदादी मारिएको हुनसक्ने : रसिया

ई आर्थिक    शुक्रबार, असार २ २०७४
6.2K
Shares
रुसी सैनिकको कारबाहीमा इस्लामिक स्टेटका नेता बगदादी मारिएको हुनसक्ने : रसिया

२ असार, मस्को । रुसको सैनिकले सिरियामा इस्लामिक स्टेटको बैठकमा आक्रमण गरेको र त्यसमा मारिएका व्यक्तिमा स्लामिक स्टेट (आइएस)का प्रमुख पनि परेको आशङ्का गरिएको छ।

रुसी सैनिकले भनेको छ उसले गत मे २८ मा सो हमला गरेको थियो र त्यसमा परी आइएसका प्रमुख मारिएको आशङ्का छ।

बैठकमा हमला हुदा कैयौँ मारिएको उसले जनाएको छ। तर त्यसमा आइएसका नेता मारिएका हुन् या होइनन् भन्ने बारेमा प्रमाणित गर्ने प्रक्रिया सुरु भएको रुसी सेनाले जनाएको छ।

रुसी सैनिकद्वारा जारी विज्ञप्तिमा सेनाले उक्त कारबाही गत मे २८ मा सिरियामा आइएसको पकड रहेको भनिएको रक्वा सहरमा गरेको थियो।

सो सहरमा आइएसको बैठक बसेको र त्यहाँ आइएसका प्रमुख नेताको पनि सहभागिता रहेको सूचनाका आधारमा सो कारबाही गरिएको सेनाको भनाई छ।

बैठकमा अबु बाकर अल बग्दादी पनि सहभागी भएको सूचनाको आधारमा कारबाही गरिएको जनाएको थियो। त्यहाँ मारिएका हतियारधारीमा आइएस प्रमुख बग्दादी पनि परेको समाचार यसअघि नै आएको थियो। तर पुष्टि भने भएको थिएन।

रुसी सेनाले भनेको छ– पुष्टि त अहिले पनि भैसकेको छैन, तर हामी मारिएका व्यक्तिको पुष्टि गर्ने क्रममा छौँ। उनी मारिएको सम्भावना अत्यधिक हामीले देखेका छौँ।-एएफपी

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij