२०८३ साउन ९ शनिबार

दिनमा बाँदर, रातमा दुम्सीको आतङ्क

ई आर्थिक    शुक्रबार, असार २ २०७४
2.7K
Shares
दिनमा बाँदर, रातमा दुम्सीको आतङ्क

२ असार, वालिङ । किसानले खेतबारीमा लगाएको बालीमा बाँदर र दुम्सीले आतङ्क मच्चाएपछि किसान चिन्तित बनेका छन् ।

स्याङ्जाको गल्याङ नगरपालिका–६ पिडीखोलामा किसानले लगाएको बालीमा बाँदर र दुम्सीले अन्नबाली नष्ट गरेपछि किसानलाई सास्ती भएको छ ।

“अहिले खेतबारीमा मकै तथा तरकारी लगाएका छौँ, पहिला मकै पाक्ने बेलामा बाँदरको हुल आउँथ्यो, यसपालि त मकै छरेदेखि नै हैरानी बनाएको छ” स्थानीय कृषक यमलाल पाण्डेले भन्नुभयो, “दिउँसो बाँदर र रातमा दुम्सीले मकै तथा तरकारीबाली नष्ट गरिदिएको छ, हामी निक्कै समस्यामा छौँ ।”

प्रत्येक घरबाट एक÷एक जनाको पालो लगाएर दैनिक खेतबारीमा बाली कुर्न जानुपर्ने बाध्यता रहेको छ । दिउँसोमा बाँदर कुरेपनि रातको समयमा फेरि दुम्सीले बालीनाली सखाप पार्ने गरेको स्थानीय कृषकको गुनासो रहेको छ ।

“खेतीबाली लगाएर खान पाइँदैन भने किन लगाउनमात्रै दुःख गर्नुप¥यो”, पाण्डेले भन्नुभयो, “आगामी वर्षदेखि कि त बाँझै राख्नुपर्ने बाध्यता हुने भो कि त बाँदर र दुम्सीले नखाने खालका बालीहरु लगाउने सोच बनाएका छौँ ।” रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij