३१ जेठ, दैलेख । दैलेखको आठबिस नगरपालिकामा बस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन् । कालिकोटको जितेगढादेखि महेन्द्रनगर जाँदै गरेको ना ४ ख २९९८ नम्बरको बस आठबिस नगरपालिका वडा नम्बर ४ राकम कर्णालीमा दुर्घटना भएको हो ।
दैलेख प्रहरीका अनुसार बस सडकदेखि ३ सय मिटर तल खसेको हो । दुर्घटनामा घाइते भएकाको स्थानिय स्वास्थ्य चौकीमा उपचार भईरहेको बताईएको छ ।
इलाका प्रहरी कार्यलय राकमबाट खटिएको प्रहरी टोलीले घाइतेहरुको उद्धार गरेका हुन् । बसका चालक हाम फालेर बाँच्न सफल भएको प्रहरीले जनाएको छ । घाइतेहरुको दैलेखमै उपचार भइरहेको र थप उपचारका लागि काठमाडौं लैजान हेलिकोप्टर मगाइएको जनाएको छ ।