२०८३ साउन ९ शनिबार

इटहरीमा एम्बुलेन्स दुर्घटना: बिरामी बालिकाको मृत्यु, दुई घाइते

ई आर्थिक    मंगलबार, जेष्ठ ३० २०७४
8.3K
Shares
इटहरीमा एम्बुलेन्स दुर्घटना: बिरामी बालिकाको मृत्यु, दुई घाइते

३० जेठ, इटहरी । सुनसरीको इटहरीस्थित पचरुखीमा मंगलबार बिहान एम्बुलेन्स दुर्घटना हुँदा एम्बुलेन्समा सवार बिरामी बालिकाको मृत्यु भएको छ । बालिकाका दुई जना आफन्तहरु घाइते भएका छन् ।

दुर्घटनामा सिराहा गोलबजार नगरपालिका ११ बस्ने ३५ वर्षीया कविता उराउकी ६ वर्षीया छोरी भूमिकाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृतककी आमा कविता उराउ र २२ वर्षिय आफन्त सन्तोष उराउ घाइते भएका छन् ।

सिरहाको गोलबजारबाट बिरामी लिएर धरानको घोपा जादै गरेको १ च ११९० नम्बरको एम्बुलेन्स बाटो छेउको रुखमा ठोक्किँदा दुर्घटना भएको हो ।

एम्बुलेन्स तीब्र गतिमा रहेकाले दुर्घटना भएको प्रहरीको अनुमान छ । घाइतेलाई उपचारका लागि धरान पठाइएको पुर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ ।

एम्बुलेन्सका चालक धनुषा जिल्ला धारापानी १ बस्ने २६ विनोद बाँतरलाई इलाका प्रहरी कार्यालय इटहरीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij