२०८३ साउन ९ शनिबार

कतारमा खाद्य संकट र सामान आयातमा कुनै समस्या छैन : कतारी अर्थमन्त्री

ई आर्थिक    मंगलबार, जेष्ठ ३० २०७४
7.3K
Shares
कतारमा खाद्य संकट र सामान आयातमा कुनै समस्या छैन : कतारी अर्थमन्त्री

३० जेठ । कतारका अर्थमन्त्री अली सरिफ अल इमादीले कतारमा खाद्य संकट नभएको बताउनु भएको छ । कतारले आतंकवादलाई सहयोग गरेको भन्दै गएको हप्ता देखि सात देशले कुटनैतिक सम्बन्ध तोडेपछि उत्पन्न समस्याले खाद्य संकट हुने अनुमान गरिएको थियो ।

युएई, साउदी अरब लगायतका देशले हवाई र सामुन्द्रिक बाटो समेत बन्द गरेपनि त्यसले कतारमा खाद्य संकट र सामान आयातमा समस्या नभएको अर्थमन्त्री इमादीले बताउनु भयो ।

‘कतारले पहिले नै आवश्यक खाद्य लगायत अन्य सामग्री ब्राजिल र अष्ट्रेलियाबाट आपूर्ति गरिसकेको छ । कतारले अब यसलाई नै निरन्तरता दिनेछ । त्यतिमात्र हैन कतारले विविध देशहरुबाट पनि सामान आयात गर्न सक्छ ।’ अर्थमन्त्री इमादी भन्नुभयो ।

कतार एयरवेजका अध्यक्ष समेत रहेका इमादीले कतारमा आर्थिक संकट हुन्छ भनेर आतिनु पर्ने अवस्था नरहेको पनि बताउनु भएको छ । “हाम्रो आरक्षित र लगानी कोष २५० प्रतिशत बढीको कुल ग्राह्यस्थ उत्पादन रहेको छ । यसबाट पनि कतारी रियलको अनुमान लगाउन सकिन्छ ।” उहाँले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij