२०८३ साउन ९ शनिबार

अझै रोकिएन सुन तस्करी : फेरी डेढ किलो सुनसहित दुईजना पक्राउ

ई आर्थिक    सोमबार, जेष्ठ २९ २०७४
3.2K
Shares
अझै रोकिएन सुन तस्करी : फेरी डेढ किलो सुनसहित दुईजना पक्राउ

२९ जेठ, काठमाडौं । विभिन्न देशहरूबाट भन्सार छलि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल भित्र्याइएको डेढ किलो सुन सहित दुई जना पक्राउ परेका छन् । एक किलो चार सय ग्राम सुनसहित महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले आइतबार काठमाडौंको तिलगंगाबाट दुईजनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा भोजपुर सहित जरायोटा -२ घर भई ललितपुरको हरिसिद्धि बस्ने २४ वर्षका रोजिना राई र सुनसरीको इटहरी उपमहानगरपालीका–५ घर भई काठमौंको गोगंबु बस्ने ३३ वर्षका दीपक प्रधान छन् । उनीहरुले गाडिमा प्रयोग हुने मास्टर सिलिण्डर भित्र सुन लुकाएर राखेको अवस्थामा पक्राउ गरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij