२८ जेठ, काठमाडौं । नेपालमै पहिलो पटक पञ्चकन्या ग्रुपले सीपीभीसी पाईप तथा फिटिङ्गस उत्पादनमा पहिलो पटक गुणस्तर प्रमाण चिन्ह प्राप्त गरेको छ । उक्त उत्पादनले भारतीय मानक ब्यूरोले प्रदान गर्ने आईएसआई गुणस्तर प्रमाण चिन्ह प्राप्त गर्न सफल भएको हो ।
विगत ६ वर्षदेखि ग्रुपले एनएसएफबाट प्रमाणित विश्व प्रसिद्ध जापानिज सेकिसुइ कच्चा पदार्थ प्रयोग गरी सीपीभीसी पाईप तथा फिटिङ्गस उत्पादन तथा विक्री वितरण गर्दै आएको छ । प्लम्बिङ सिष्टममा यस्ता पाईपहरुलाई आम उपभोक्ताले अत्यधिक रुचाइएको कम्पनीले जानकारी दिएको छ ।
पञ्चकन्याले आफ्नो गुणस्तरप्रतिको प्रतिवद्धता तथा “सदैव विश्वासिलो” र “सधै एक कदम अगाडी” भन्ने आफ्नो नारालाई व्यवहारमा उतार्न समेत सफल भएको पञ्चकन्या गु्रपका कार्यकारी निर्देशक उज्वल श्रेष्ठले बताए । यस्ता पाईपहरु तातो–चिसो पानीको लागि सुहाउदो, लिड फ्रि, नन–कोरोसिब, नन–टक्सिक, केमिकल तथा यूभि रेसिष्टेण्ट जस्ता गुणहरुले युक्त रहको बताइएको छ ।
साथै, वातावरण अनुकूल, स्वास्थ्यको लागि राम्रो, तुलनात्मक रुपले किफायती र सस्तो हुनुका साथै कम्तिमा ५० वर्षसम्म ढुक्क साथ प्रयोग गर्न सकिने कम्पनीले जानकारी दिएको छ । साथै गुणस्तर प्रमाण चिन्ह प्राप्त गरे पश्चात यि उत्पादनहरु अझ प्रतिस्पर्थि हुने विश्वास कम्पनिले लिएको छ ।