२०८३ साउन ११ सोमबार

इन्नोभेटिभ र अरनिकोलाई गाभेर सेन्चुरी बैंकले सुरु गर्यो एकिकृत कारोबार

ई आर्थिक    आइतबार, जेष्ठ २८ २०७४
2.2K
Shares
इन्नोभेटिभ र अरनिकोलाई गाभेर सेन्चुरी बैंकले सुरु गर्यो एकिकृत कारोबार

२८ जेठ, काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले इन्नेभेटिभ बैंक र अरनिको डेभलपमेन्ट बैंकलाई प्राप्ति गरेपछि यी तीन बैंक आइतबारदेखि एक भएका छन् । एक भए लगत्तै अब ‘सेञ्चुरी कमर्सियल बैंंक लिमिटेड’ को नामबाट एकीकृत कारोबारसमेत बैंकले सुरु गरेको छ ।

एकिकृत कारोबारको शुभारम्भ नेपादल राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवि नेपालले गरेका हुन । यी दुई बैंक एक्वायर गरेपश्चात बैंकको चुक्तापूँजी चार अर्ब ७१ करोड ३५ लाख पुगेको छ । साथै बैंकको निक्षेप ३८ अर्ब ५० करोड कर्जा ३५ अर्ब पुगेको छ । राष्ट्र बैंकले तोकेको ८ अर्ब चुक्ता पुँजी पुर्याउन सेञ्चुरीले अरनिको र इन्नोभेटिभ डेभलपमेन्ट बैंकलाई एक्वायर गरेको हो ।

सेञ्चुरी, इन्नोभेटिभ र अरनिकोको गत चैत ३१ गते बसेको छुट्टाछुट्टै साधारण सभाले एक्विजिसन सम्बन्धी प्रस्ताव पारित गरेको थियो । यसलाई राष्ट्र बैंकले जेठ १७ गते र कम्पनी रजिष्ट्रारको कार्यालयले जेठ १८ गते स्वीकृति दिएको हो ।

बैंकले गत वर्षको कमाईबाट लगानीकर्तालाई १० प्रतिशत बोनस सेयर दिएको छ । दुई विकास बैंकलाई एक्वायर गरिसकेपछि कायम हुने पुँजीबाट बैंकले फेरि ४० प्रतिशत हकप्रद सेयर जारी गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij