२०८३ साउन ९ शनिबार

द्रुतगतिमा बढ्दै जनता आवास कार्यक्रम,मोरङ–सुनसरीमा १८ करोडमा जनता आवास बन्दै

ई आर्थिक    आइतबार, जेष्ठ २८ २०७४
2.8K
Shares
द्रुतगतिमा बढ्दै जनता आवास कार्यक्रम,मोरङ–सुनसरीमा १८ करोडमा जनता आवास बन्दै

२८ जेठ, मोरङ । मोरङको डाइनियाको प्रगति टोलका २४ वर्षीय ललन सरदार निकै मख्ख हुनुहुन्छ । सरदार नयाँ घर बनाउन सरकारले खर्च दिने भएपछि मख्ख भएका हुन् ।

डाइनियामात्रै होइन रङ्गेली नगरपालिकाको आँपगाछीका बाँतर समुदायका मानिस पनि निकै मख्ख छन् । आँपगाछीका बलीतलाल बाँतर सरकारले नयाँ घर बनाउन पैसा दिन थालेपछि मख्ख छन् । उनले भने – ‘हामी गरिब छौँ, तर सरकारले घर बनाउन पैसो दिन थालेपछि राम्रो भयो ।’ उनीमात्र होइन मोरङको आँपगाछीमा ५०, डाइनियामा ४०, कदमाहामा ५०, सौराभागमा ५०, हात्तीमुडामा ५०, डग्राहामा ७५ लगायत स्थानमा घर निर्माण भइरहेका लक्षित समुदाय निकै खुसी छन् । डङ्ग्राहाका मुखानीदेवी सरदारले सरकारलाई धन्यवाद दिँदै उनले भनिन् – ‘सरकारलाई धन्यवाद छ, हामीलाई घर बनाउन पैसा दिइरहेको छ ।’ जनता आवास कार्यक्रमअन्तरगत गरिबीको रेखामुनि रहेका मोरङ र सुनसरीका सरदार र विपन्न समुदायलाई सरकारले घर बनाउन रकम दिने भएपछि मख्ख भएका हुन् ।

मोरङ र सुनसरीका विभिन्न निर्वाचन क्षेत्रमा एक हजार ६०० घर निर्माण भइरहेका छन् । सो कार्यक्रम सञ्चालन गर्न सांसद अमृत आर्यालको संयोजकत्वमा १३ सदस्यीय कार्यसमिति रहेको जनता आवास जिल्ला समन्वय समिति बनेको छ । त्यसको सदस्यमा सांसद ऋषिकेश पोखरेल, सांसद अमनलाल मोदी, मोरङका प्रमुख जिल्ला अधिकारी, स्थानीय विकास अधिकारी, नापी र मालपोतका कार्यालय प्रमुख पनि सदस्य छन् ।

संसद्को संयोजकत्वमा घर निर्माणको काम भइरहेकाले सो काम समयमै सम्पन्न हुने सो क्षेत्रका मौना बाँतरको भनाइ छ । कतै निर्माण शुरू भएको छ भने कतै निर्माणको कामले गति लिएको छ । जनता आवास निर्माणका लागि सुनसरी मोरङमा रू. १८ करोड ५९ लाख बजेट छुट्याएको छ । यी दुई जिल्लामा एक हजार ६०० आवास निर्माण गर्नुपर्नेछ । सो कार्यक्रमअनुसार जनता आवासको काम द्रुतगतिमा भइरहेको छ ।

सहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय, मोरङका प्रमुख श्यामकिशोर सिंहले जनता आवासको काम दु्रतगतिमा भइरहेको बताए । कार्यालय प्रमुख सिंहले समयमै काम सम्पन्न हुने विश्वास व्यक्त गरे । रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij