२६ जेठ, काठमाडौं । कृषि विकास बैंकको २० प्रतिशत बोनस शेयर नेप्सेमा सूचिकृत भएको छ । बैंकले शुक्रबार नेप्सेमा १ करोड १८ लाख १२ हजार आठ सय कित्ता बोनस सेयर सुचिकृत गरेको हो ।
धेरै सेयरधनी रहेको बैंकका रुपमा चिनिएको बैंकका लगानीकर्तासँग अधिक मात्रामा कागजी सेयर प्रमाणपत्र रहेको छ । कारोबार गरिरहेकाहरुले मात्र बैंककको सेयर अभौतिक गराएका छन् भने पहिलेदेखि सेयर लिएका बसेका अधिकांस लगानीकर्ताले अझै सेयर अभौतिक बनाएका छैनन् । जसका कारण अब फेरी बैंकका सेयरधनीले बोनस सेयर संकलन गर्नका लागि लाइन लाग्नु पर्ने हुन्छ ।
यस अघि नै बैंकको सेयर अभौतिक गराई सकेका लगानीकर्ताले केही दिनमा नै आफ्नो हितग्राही खातामा बैंकको बोनस सेयर पाउने छन् ।