काठमाडौं ।

गोर्खाल्यान्डको माग गरिरहेका नेपाली भाषीहरूले भारतको पश्चिम बंंगालमा राज्य सरकारविरुद्ध प्रदर्शन गरेका छन् । गोर्खा जनमुक्ति मोर्चाको नेतृत्वमा मुख्यमन्त्री ममता वेनर्जीविरुद्ध नेपाली भाषी गोर्खाहरूले प्रदर्शन गरेका हुन् ।

बिहीबारको उनीहरूको प्रदर्शन हिंस्रक बन्दै गएको छ । बंगाल सरकारले राज्यका विद्यालयहरूमा बंगाली भाषालाई अनिवार्य गराउने निर्णयको विरुद्ध मोर्चाले आन्दोलनको घोषणा गरेको हो ।

मुख्यमन्त्री बेनर्जीको पुत्ला जल्यो

आन्दोलन हिंस्रक बन्दै गएपछि मुख्मन्त्री बेनर्जीले स्थितिलाई नियन्त्रणमा लिन सैनिक परिचालन गरेकी छन् । राज्य सरकारको मागमा केन्द्र सरकारले त्यहाँ सैनिकको दुई टुकडी पठाएको भारतबाट प्रकाशित जनसत्ताको अनलाई संस्करणमा उल्लेख छ ।

यसरी पठाइएको टुकडी दार्जिलिङमा रहेको भारतीय सैनिक बेसक्याम्पका हुन् । प्रति टुकडी ८० जवानहरू रहेका छन् । राज्यमा सैनिक परिचालन भएसँगै मोर्चाले शुक्रबारदेखि अनिश्चितकालीन हडतालको घोषणा गरेको छ । मुख्यमन्त्री ममता बेनर्जीको क्याबिनेटको बैठक दार्जिलिङमा आयोजना गरिएको थियो ।

darjeeling_650x400_71496926319

बेनर्जीको सो क्षेत्रको भ्रमणलाई लक्षित गरी मोर्चाले तीन दिन लामो प्रदर्शन गरेको थियो । प्रदर्शनका क्रममा प्रहरीले हस्तक्षेप गरेको भन्दै मोर्चाले अनिश्चितकालीन आम हडतालको घोषणा गरेको हो ।

प्रदर्शनकारीलाई रोक्ने क्रममा प्रहरीले १००औं राउन्ड अश्रु ग्याँस प्रहार गरेको थियो । प्रदर्शन बढ्दै जाँदा पश्चिम बंगालको पहाडी इलाकामा १००औं पर्यटक फसेका अमरउजालाले समाचार प्रकाशित गरेको छ । मोर्चाले नेपाली भाषाको मान्यता दिँदै विद्यालयमा पढाउनुपर्ने वा हिन्दी भाषालाई पढाउनुपर्ने बताउँदै आएको छ । त्यसको विपरीत राज्य सरकारले बंगाली भाषालाई अनिवार्य गराएको भन्दै मुख्मन्त्रीविरुद्ध कालो झन्डासहित प्रदर्शनमा उत्रिएका हुन् ।

darjeeling-bus-vandalism-_647_060817060057

राज्य सरकारले दार्जिलिङलाई महŒव दिइरहेको देखाउनका लागि पहिलो पटक दार्जिलिङमा क्याबिनेट बैठक आयोजना गरिएको हो । बैठक स्थलदेखि १०० मिटरको दुरीमा मोर्चाका कार्यकर्ताहरूले मुख्यमन्त्रीको पुत्ला दहन गर्दै प्रदर्शन गरेका हुन् ।

मुख्यमन्त्री बेनर्जी दार्जिलिङमा आउनु अगाडि नै हजारौं प्रदर्शनकारीहरू सडकमा उत्रिएका थिए । उनीहरूले जय गोर्खा नारासहित गोरखा ल्यान्डको मागलाई समेत चर्काएका छन् ।

मोर्चाका संस्थापक बिमल गुरुङले आफ्नो भाषाको बचाउ गर्नका लागि मानिसहरू स्वतस्फुर्त रूपमा प्रदर्शनमा उत्रिएको बताएका छन् । मुख्यमन्त्री बेनर्जीले यसअघि बंगालीलाई ऐक्षिक बनाउने बताए पनि अनिर्वाय बनाएको भन्दै गुरुङले विरोध गरे । उनले नेपाली भाषाको संरक्षणका लागि विधानसभाबाट बिल पास गराउनसमेत माग गरेका छन् ।

राजधानीवाट