२०८३ साउन ९ शनिबार

मौरीपालनबाट वार्षिक अठार लाख आम्दानी

ई आर्थिक    बुधबार, जेष्ठ २४ २०७४
6.5K
Shares
मौरीपालनबाट वार्षिक अठार लाख आम्दानी

२४ जेठ, दाङ। तुलसीपुर नगरपालिका– १० का माधव केसीले मौरीपालन व्यवसायबाट मनग्य आम्दानी गर्दै आउनुभएको छ ।केसीले मौरीपालन व्यवसायबाट वार्षिक रु १८ लाख आम्दानी गर्नुहुन्छ ।

विसं २०६० मा कृषि तथा पशु विज्ञान अध्ययन संस्थान रामपुर कृषि क्याम्पसबाट कृषिमा स्नातक तहसम्मको अध्ययन गर्नुभएका केसीले जागिरलाई थाती राखी कृषि व्यवसायलाई अङ्गालदै आउनुभएको छ ।

केसीले २०६२ सालमा चार घार मौरीबाट व्यवसाय सुरु गर्नुभएको हो । हाल उहाँले ७०० घार मौरी पाल्नुभएको छ । उहाँले २०६९ सालमा ‘प्राकृतिक मह उत्पादन तथा मौरीपालन फार्म’ दर्ता गराउनुभएको हो । उहाँले गत वर्ष पाँच हजार किलो मह बिक्री गरी रु १२ लाख ५० हजार आम्दानी गरेको बताउनुभयो ।

त्यस्तै एक हजार रानु मौरी उत्पादनबाट रु पाँच लाख आम्दानी गर्नुभएको छ । “वार्षिक रु १८ लाख भन्दाबढी आम्दानी हुन्छ,” केसीले भन्नुभयो ।

मौरीको घारलाई एक हजार बनाउने उहाँको लक्ष्य छ । पाँच जनाले रोजगार समेत पाउनुभएको छ । केसीलाई कृषि विकास कार्यालयले गत वर्ष राष्ट्रपति उत्कृष्ट पुरस्कार प्रदान गरेको थियो । रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij