२०८३ साउन ९ शनिबार

भारतमा हतियारधारीसँग भएको झडपमा एक सैनिकसहित पाँचको मृत्यु

ई आर्थिक    बुधबार, जेष्ठ २४ २०७४
3.5K
Shares
भारतमा हतियारधारीसँग भएको झडपमा एक सैनिकसहित पाँचको मृत्यु

२४ जेठ, नयाँ दिल्ली । उत्तरपश्चिमी भारतीय राज्य नागाल्यान्डमा हतियारधारीसँग भएको भिडन्तमा परी एक भारतीय सैनिक अधिकारीसहित पाँचको ज्यान गएको छ ।

सो भिडन्तमा परी मारिनेमा तीन जना सशस्त्र हतियारधारी र अर्का एकजना सर्वसाधारण नागरिक परेका छन् । भारतीय सुरक्षा निकायले मारिने हतियारधारी आतङ्ककारी भएको जनाएको छ । तर ती आतङ्ककारीहरु कुन समूह वा केसँग सम्बन्धित छन् भन्ने बारेमा भने केही खुलाएको छैन ।

सुरक्षा गस्तीमा रहेका सैनिकसँग ती हतियारधारी समूहको भिडन्त भएको बताइएको छ । त्यसमा अरु पनि कैयौँ व्यक्ति रहेका र कतिपय भागेको बताइएको छ ।

यस समाचारको विस्तृत विवरण प्राप्त हुन सकेको छैन । घटनास्थलमा ठूलो सङ्ख्यामा सुरक्षाकर्मी खटाइएको र उनीहरुले अनुसन्धान जारी राखेका प्राप्त पछिल्लो समाचारमा जनाइएको छ ।-एजेन्सी

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij