२०८३ साउन ११ सोमबार

प्रभु इन्सुरेन्सको ४८ हजार कित्ता सेयर लिलामीमा आउँदै

ई आर्थिक    मंगलबार, जेष्ठ २३ २०७४
4.4K
Shares
प्रभु इन्सुरेन्सको ४८ हजार कित्ता सेयर लिलामीमा आउँदै

२३ जेठ, काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेडले ४८ हजार १ सय २२ दशमलव ८१ कित्ता हकप्रद साधारण शेयर जेठ ३१ गतेदेखि शिलबन्दी बोलपत्रद्वारा लिलामीमा बेच्ने भएको छ । जसको शिलबन्दी बोलपत्र पेश गर्ने अन्तिम मिति असार ७ गते रहेको छ ।

प्रभुले संस्थापक समूहको ५ हजार ३३४.४९ कित्ता र सर्वसाधारण समूहको ४२ हजार ७८८.३२ कित्ता सेयर लिलामीमा बिक्री गर्न लागेको हो । लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर त्यसभन्दा बढी भाउ तोकी बोलपत्र पेस गर्नुपर्नेछ । आवेदन दिई बाँडफाँटमा नपरेका आवेदकहरुको रकम फिर्ता भुक्तानी पूर्जा असार १२ गतेदेखि कम्पनीको शेयर रजिष्ट्रारबाट चेक मार्फत वितरण गरिनेछ ।

यसअघि प्रभुले चैत ३० देखि जेठ २ गतेसम्म १९ लाख २५ हजार ७८.८१ कित्ता हकप्रद सेयर बिक्री खुला गरेको थियो । त्यस बेला सबै हकप्रद नबिकेपछि बैंकले बाँकी रहेको संस्थापक र सर्वसाधारण समूहको सेयर लिलामीमा बेच्न लागेको हो ।

प्रभु इन्सुरेन्सको यस लिलामीमा प्रभु क्यापिटलले बिक्री प्रबन्धकको काम गर्दैछ । हाल कम्पनीको चुक्ता पुँजी ३८ करोड ५० लाख १६ हजार रुपैयाँ रहेको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा इन्सुरेन्सले १० करोड ६४ लाख ३६ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij