काठमाडाैं । शिखर शुजको आयोजनामा भृकुटी मण्डपको प्रदर्शनी स्थलमा भईरहेको क्रेजि सेल मेलामा उपभोक्ताको भिड लागेको छ । मेलाको ७ दिन बितिसक्दा यस मेलालाइ हजारौ उपभोक्ताहरुले अभिरुचीपुर्वक अवलोकन गरिसकेका छन् । क्रेजि सेल मेलामा विभिन्न कम्पनीले गर्मी याम लक्षित गरी नयाँ डिजाइनका जुत्ता तथा चप्पलहरु बिक्री वितरणमा ल्याइएको छ । नयाँ डिजाईन एवं मोडलका जुत्ताहरु भृकुटीमण्डपको क्रेजि सेल मेलामा मात्र उपलब्ध गराइएको छ । यी जुत्ताहरुमा खुद्रा बिक्री मुल्यमा ८५ प्रतिशतसम्म छुट उपलब्ध गराइएको छ । मेलामा रु. १०० देखि रु. ५ हजार सम्मका जुत्ता तथा चप्पल बिक्री वितरणका लागि राखिएको छ । यस मेलामा उपभोक्ताले सर्वसुलभ मुल्यमा नेपाली जुत्ता तथा चप्पल प्रयोग गर्ने बानीको बिकासको लागी एक अनुपम थलो हुने विश्वास आयोजकको रहेको छ । ती सन्तुष्ट आम उपभोक्ताहरुको चर्चा र नेपाली ब्राण्ड प्रतिको अगाध बिश्वासको फलस्वरुप नियमितरुपमा नेपाली जुत्ता तथा चप्पलहरुको प्रयोगकर्ता दिनानुदिन बढ्दै गएको छ ।
शिखर शुजद्वारा उत्पादित गुणस्तरिय जुत्ता चप्पलहरु बार्षिकरुपमा निश्चित समयको लागी बिशेष छुट र सहुलियत सहित आश्चर्यजनक मुल्यमा बिक्रि बितरण गरि नेपाली जुत्ता चप्पलहरुको प्रत्यक्ष प्रयोगकर्ता बढाउनु यस मेलाको प्रमुख उद्धेश्य रहेको शिखर शुजका प्रवन्ध निर्देशक रामकृष्ण प्रसाईले बताउनुभयो ।
नेपाली ब्राण्ड लगाउन प्रोत्साहन गर्नुका साथै नेपाली ब्राण्ड प्रवद्र्धनमा टेवा पुग्ने र उपभोक्तालाई नेपाली ब्राण्ड लगाउन बानी बसाल्न यस मेलामा असिमित डिजाईनका जुत्ता तथा चप्पलहरु लागत भन्दा पनि कम मुल्यमा बिक्री गरिदै आएको छ ।
शिखर सुज ब्राण्डका आकर्षक एवं गुणस्तरिय अफिसियल जुत्ता, क्याजुअल जुत्ता, स्पोर्टस जुत्ता, बुटहरु, स्कुल तथा कलेजका युनिफर्म जुत्ताका साथै जेन्टस तथा लेडिज स्याण्डलहरु व्रmेजि सेल मेलामा उपलब्ध छन् । यो मेलामा दुई लाखभन्दा बढी आगन्तुकहरुले अवलोकन गरी ५० हजार जोर भन्दा बढी जुत्ता चप्पलहरु बिक्रि हुने लक्ष्य रहेको छ ।
कोही नझुक्किउन् र नठगीउन् भनेर उपभोक्ताहरुको हितलाई ध्यानमा राखी शिखर सुजमा उपलब्ध भएका सम्पूर्ण जुत्ता चप्पलहरुमा खुद्रा बिक्री मुल्य अड्ढित गरिएको र नेपाली ब्राण्डका जुत्ता तथा चप्पलहरुमा ६ महिनाको वारेन्टी सहित बिक्रि गरिदै आएको छ । मेला जेठ १४ गते देखि संचालन भएको हो । यो मेला सिमित अवधिको लागि मात्र संचालन गरिएको शिखर सुजले जनाएको छ ।