२०८३ साउन ९ शनिबार

जथाभावी बाटो काट्दै हुनुहुन्छ? होसियार! कडा कारबाहीमा पर्नुहोला

ई आर्थिक    शुक्रबार, जेष्ठ १९ २०७४
3.1K
Shares
जथाभावी बाटो काट्दै हुनुहुन्छ? होसियार! कडा कारबाहीमा पर्नुहोला

१९ जेठ, काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले आगामी हप्तादेखि जथाभावी रुपमा बाटो काट्ने पैदलयात्रुलाई उपत्यकाभर कारबाही गर्ने भएको छ ।

यही जेठ १६ गतेदेखि सीमित ठाउँमा जथाभावी रुपमा बाटो काट्ने यात्रुलाई रु २०० वा तीन घन्टा नियन्त्रणमा लिएको महाशाखाले आगामी हप्तादेखि उपत्यकाभर कारबाही गर्ने भएको हो ।

महाशाखाका प्रमुख एवम् प्रहरी नायब महानिरीक्षक मिङ्मार लामाले पूर्वाधारको अभावका कारण अहिले ३० देखि ३५ स्थानमा मात्र कारबाही गरे पनि आगामी हप्तासम्म पूर्वाधार निर्माण गरेर उपत्यकाभर कारबाही गर्न लागेको बताउनुभयो ।

उहाँले भन्नुभयो – “पूर्वाधार नभएको ठाउँमा काठमाडौँ महानगरपालिका र सडक विभागसँग सहकार्य गरेर जेब्रा क्रसिङ निर्माण गर्न लगाएका छौँ, जेब्रा क्रसिङ सञ्चालन हुने बित्तिकै जेब्रा क्रसिङको प्रयोग नगर्नेलाई कारबाहीको दायरामा ल्याउँछौँ ।”

मङ्गलबारबाट पैदलयात्रु सुरक्षा अभियान कडाइका साथ सञ्चालन गरेको महाशाखाले हालसम्म १० हजार ८६१ जनालाई कारबाही गरिसकेको छ । कारबाहीमा परेकामध्ये छ हजार ६१८ जनाबाट रु १३ लाख २३ हजार ६०० राजस्व सङ्कलन गरेको तथा रु २०० नहुने चार हजार २४३ पैदलयात्रुलाई सचेतना कक्षा लिएको महाशाखाले जनाएको छ ।

उपत्यकामा हरेक वर्ष ४० प्रतिशतभन्दा बढी पैदलयात्रु सडक दुर्घटनाबाट मृत्यु भएको भन्दै महाशाखाले यातायात व्यवस्था ऐन, २०४९ को दफा १३६ र १३७ को अधिकारलाई प्रयोग गरी कारबाही प्रक्रिया अगाडि बढाएको हो । रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij