२०८३ साउन ९ शनिबार

भारतीय दूतावासबाट बाहिरियो सूचना ! अगस्टदेखि अजयले नयाँ जिम्मेवारी पाउने

ई आर्थिक    बिहिबार, जेष्ठ १८ २०७४
2.4K
Shares
भारतीय दूतावासबाट बाहिरियो सूचना ! अगस्टदेखि अजयले नयाँ जिम्मेवारी पाउने

१८ जेठ, काठमाडौं । लैनचौरस्थित भारतीय दूताबासको डिपुटी चिफ अफ मिसन(डिसिएम) को जिम्मेवारी डा. अजय कुमारले सम्हाल्ने भएका छन् । भारत सरकारको परराष्ट्र मन्त्रालयले उनलाई आगामी अगष्टदेखि डिसिएम बनाउने निर्णय गरिसकेको दूताबास स्रोतले बताएको छ ।

हाल विनय कुमार दूताबासको डिसिएम छन् । भारतले सहयोग गर्ने जतिपनि आयोजना तथा परियोजना छन्, तिनमा डिसिएमलाई नै निर्णय गर्ने अधिकार रहने हुँदा यो पद महत्वपूर्ण मानिन्छ । राजदूतको अनुपस्थितिमा समेत उक्त पदको जिम्मेवारी डिसिएमले नै सम्हाल्ने चलन छ ।

विहार घर भएका अजय कुमार हाल भारतीय दूतावासकै काउन्सिलर पुनर्निर्माण र सार्क सचिवालको डाइरेक्टर छन् । पुनर्निर्माण र सार्क सचिवालयमा काम गर्ने क्रमम सफल भएकाले उनलाई भारत सरकारले डिसिएमको जिम्मेवारी दिने निर्णय गरेको दूताबास स्रोतको भनाई छ । यूनाइटेड पोष्ट साप्ताहिकबाट

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij