२०८३ साउन ९ शनिबार

महोत्तरीमा तीव्रगतिको आँधीहुरी र वर्षाले लाखौँको क्षति

ई आर्थिक    शुक्रबार, जेष्ठ १२ २०७४
3.3K
Shares
महोत्तरीमा तीव्रगतिको आँधीहुरी र वर्षाले लाखौँको क्षति

१२ जेठ, गौशाला । आज एकाबिहानै महोत्तरी जिल्लामा आएको तीव्रगतिको आँधीहुरी र वर्षाले लाखौँको क्षति पु¥याएको छ । आज बिहान सवा ५ बजेतिर अचानक तीव्रगतिमा आएको आँधीहुरी र वर्षाले जिल्लाका १० नगरपालिका र पाँच गाउँपालिकाभित्र लाखौँको क्षति पु¥याएको ठाउँठाउँबाट जानकारी आएको छ ।

आँधीहुरी र वर्षाले दर्जनौँ घर, स्कुल, अस्पताललगायतका छाना उडाएको छ भने कतिको घरबारसमेत लडेको जिल्ला प्रहरी कार्यालय, महोत्तरीका प्रहरी नायब उपरीक्षक दीपक पोखरेलले बताउनुभयो ।

अत्यधिक बेगमा आएको आँधीहुरीले जिल्लाका विभिन्न गाउँमा दर्जनौँ रुख ढलेका छन् भने कति ठाउँमा बिजुलीको पोलसमेत ढालेको प्रहरीले जनाएको छ ।

यता जिल्ला कृषि विकास कार्यालयका प्रमुख सुकेश्वर झाकाअनुसार आँधीहुरीसँगै आएको भीषण वर्षाले जिल्लामा रहेको आँप, लिचीमा ठूलो क्षति पु¥याएको छ भने सयौँ किसानको लाखौँ मूल्य बराबरको तरकारी बालीसमेत नष्ट पारेको छ ।

करिब एक घन्टासम्म जिल्लामा अविरल रुपमा चलेको तीव्रगतिको आँधीहुरीसँगै परेको भीषण वर्षाले सबैलाई भयभित बनाएको थियो । रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij