मुम्बई– तमिलनाडुको एक अदालतले मंगलबार आठ तमिल चलचित्र कलाकारविरुद्ध गैरजमानती पूर्जी जारी गरेको छ ।
यी कलाकारहरुमा बाहुबलीमा कटप्पाको भूमिकामा देखिएका अभिनेता सत्यराज, सूर्या, आर शरतकुमार, श्रीप्रिया, विवेक, विजय कुमार, अरुण विजय र चलचित्र निर्देशक चेरन शामिल छन् ।
मानहानीको एक मुद्दामा अदालतमा उपस्थित नभएको कारण निलगिरी क्रिमिनल कोर्टले यी कलाकारहरुविरुद्ध गैरजमानती पूर्जी जारी गरेको हो ।
फिल्म कलाकारहरुविरुद्ध एक पत्रकारले मानहानीको मुद्दा दायर गरेका थिए ।
२००९मा उनीहरुले एक पत्रकारको लेखमाथि विवादास्पद बयान दिएका थिए। त्यसपछि उनीहरुविरुद्ध सन् २००९ को अक्टोबरमा फिल्म कलाकारहरुविरुद्ध ति पत्रकारले मानहानीको मुद्दा दायर गरेका थिए । -एजेन्सी