१० जेठ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सिंहदरबारबाटै राजीनामा दिने भएका छन् ।
व्यवस्थापिका संसदलाई सम्बोधन गर्दै राजीनामा दिने प्रधानमन्त्री दाहालको योजना प्रतिपक्षि दल एमालेका कारण सफल नभएपछि उनले सिंहदरवारबाटै देशका नाममा सम्बोधन गर्दै राजीनामा दिन लागेका हुन् ।
बुधवार दिउँसो ४ बजे प्रधानमन्त्रीले सिंहदरबारबाटै देशबासीलाई सम्बोधन गरेर राजीनामा दिने बताइएको छ ।