२०८३ साउन ९ शनिबार

अब दुई लाखसम्मको रेमिटेन्स खाता नखोली नै झिक्न पाइने

ई आर्थिक    मंगलबार, जेष्ठ ९ २०७४
2.9K
Shares
अब दुई लाखसम्मको रेमिटेन्स खाता नखोली नै झिक्न पाइने

९ जेठ, काठमाडौं । नेपाल राष्ट्र बैंकले विदेशमा काम गर्ने नेपालीले पठाउने रेमिटेन्स बैक खाताबाट भुक्तानी गर्नु पर्ने रकमको सीमा बढाएको छ। २०७१ माघ २५ गते निर्देशन जारी गर्दै राष्ट्र बैंकले रेमिटेन्स भुक्तानीको सीमा तोकेको थियो।

राष्ट्र बैंकले एक लाख रुपैयाँसम्म बैंकमा खातै नखोली हातहातै र त्यो भन्दा वढि भए बैंक खाताबाट भुक्तानी गर्नु पर्ने व्यवस्था गरेको थियो। पुरानो व्यवस्थालई संशोधन गर्दै केन्द्रीय बैंकले दुई लाख रुपैयाँसम्म रेमिटेन्स हातहातै भुक्तानी गर्न पाइने व्यवस्था गरेको छ।

रेमिटेन्स प्राप्त गर्न झन्झटीलो भएको गुनासो बढ्न थालेपछि राष्ट्र बैंकले नीति संशोधन गरेको हो। झन्झटिलो ब्यवस्थाकै कारण हुन्डीमार्फत रेमिटेन्स भित्रिने गरेको अनुमान गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij