२०८३ साउन ९ शनिबार

दमक उद्योग वाणिज्य संघका तीन सदस्य चुनावी मैदानमा

ई आर्थिक    मंगलबार, जेष्ठ ९ २०७४
8.9K
Shares
दमक उद्योग वाणिज्य संघका तीन सदस्य चुनावी मैदानमा

९ जेठ, दमक। जेठ ३१ गते हुने दोस्रो चरणको स्थानीय तह निर्वाचनको मिति नजिकिएसँगै दमकमा चुनावी चहलपहल बढ्दै गएको छ । चुनावी चहलपहल बढेसँगै नगरमा उम्मेदवारको घोषणा हुन थालेका छन्।

यसैक्रममा दमक उद्योग वाणिज्य सघंका कार्यसमितिका तीनजना सदस्य स्थानीय तहको निर्वाचनमा उम्मेवार बन्ने भएका छन्। दुईजनाले वडा अध्यक्ष र एकजनाले वडा सदस्य पदमा उम्मेदवार बन्ने घोषणा गरेका हुन्।

संघका तृतीय उपाध्यक्षसमेत रहेका ताराप्रसाद अधिकारीले राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट दमक–१ को वडा अध्यक्षमा, संघका कार्य समिति सदस्य नवीन अग्रवालले दमक–६ बाट राप्रपाबाट वडा सदस्य पदमा उम्मेदवार बन्ने बताएका छन्। यसैगरी संघका कार्यसमिति सदस्य राजु खड्काले नयाँ शक्ति पार्टीबाट दमक–६ को वडा अध्यक्ष पदमा उम्मेवार बन्न लागेको बताएका छन्।

दमक नगरमा हालसम्म नेकपा (माओवादी केन्द्र) तथा राप्रपाले प्रमुख, उपप्रमुखसहित वडा तहका सबै उम्मेदवार घोषणा गरिसकेका छन् भने काँग्रेस र एमालेले जेठ १२ गतेसम्म औपचारिक रुपमा नगरका उम्मेदवार घोषणा गरिसक्ने जनाएका छन् ।

स्थानीय चुनावमा ब्यापारीहरुको उम्मेदवारी नयाँ भने होइन। यसअघि उद्योग वाणिज्य महासंघका उपाध्यक्ष प्रमोद श्रेष्ठ म्याग्दीको बेनी नगरपालिकाका मेयर पदमा उठेका थिए। महासंघको ५१औं साधारणसभाबाट जिल्ला तथा नगर उपाध्यक्षमा निर्वाचित श्रेष्ठ नेकपा एमालेका तर्फबाट स्थानीय निर्वाचनमा उमेद्वार भएका थिए तर उनी पराजित भए। रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij