८ जेठ, काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले “निक्षेप परिचालन योजना” सार्वजनिक गरेको छ । वित्तीय समावेशीतालाई प्रोत्साहन गर्नका साथै बैंकको निक्षेपको आधारलाई अझ मजबुत पार्नका लागी उक्त योजना शुरु गरेको हो । बैंकले जेठ १ गते देखि एक महिना अवधिको लागि यो योजना संचालनमा ल्याएको जनाएको छ ।
त्यस्तै बैंकले समाजका बिभिन्न समुहलाई बचतको बानी बसाल्नका लागी बैंकमा खाता खोल्न आवश्यक न्यूनतम मौज्दात रकममा ५०% छुट प्रदान गरेको जानकारी दिएको छ ।
यस योजना अन्र्तगत बैंकले विशेष गरी बचत तथा चल्ती खातामा जोड दिएको छ । ग्राहकले मुद्दती र कल खाता पनि आर्कषक ब्याजदरमा खाता खोल्न सक्ने बैंकले जनाएको छ ।
बैंकले हाल आफ्ना ६१ वटा शाखाहरु, ६ एक्सटेन्सन काउन्टर, २५ राजश्व संकलन काउन्टर र ८८ एटिएम तथा बृहत बाह्य सञ्जाल मार्फत सेवाहरु प्रदान गर्दै आइरहेको छ ।