४ जेठ, काठमाडौं । नेपाल–सिंगापुर उद्योग वाणिज्य संघ गठन भएको छ । दुई देशबीचको आर्थिक तथा व्यापारिक सम्बन्ध विस्तार गर्ने उद्देश्यले वाणिज्य संघ गठन गरिएको बताइएको छ ।
संघको हालै सम्पन्न कार्य समितिको प्रथम बैठकले दीपक कुँवरको अध्यक्षतामा २३ सदस्यीय कार्यसमिति गठन भएको जनाइएको छ । संघका उपाध्यक्षमा विनोद ढकाल, धर्मराज शाक्य र संजय अग्रवाल चयन भएको जनाइएको छ ।
यसैगरी महासचिवमा कृष्णकुमार अग्रवाल, कोषध्यक्षमा गोविन्द थपलिया र सचिवमा रवीन्द्रबहादुर मल्ल चयन भएका छन् ।